घरमै पुगेर ज्येष्ठ नागरिकको उपचार | Khabarhub Khabarhub

घरमै पुगेर ज्येष्ठ नागरिकको उपचार


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तानसेन– पाल्पालको एक गाउँपालिकाले घरमै गएर ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने अभियान थालेको छ ।

जिल्लाको पूर्वखोला गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै गएर उपचार गर्ने अभियान शुरु गरेको हो ।

गाउँपालिकाभित्र रहेका ८० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य सेवा र उपचार प्रदान गरिने गाउँपालिकाले जनाएको छ । यस्तै हिँडडुल गर्न नसक्ने, शारीरिक हिसाबले कमजोर भएका व्यक्तिलाई पनि घरमै घरमै पुगेर उपचार गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए ।

गाउँपालिकाले घरमै आएर उपचार गरिदिएपछि वडा नम्बर ३ का बासिन्दा लक्ष्मीप्रसाद तिमिल्सेनाले गाउँमै सिंहदरबार आएको आभास भएको सुनाए । ‘गाउँमै सिंहदरबार आउँछ भन्थे, हो रैछ,’ उपाध्यायले भने, ‘स्थानीय सरकारले यस्तो अभियान ल्याउलाजस्तो लागेको थिएन, गाउँपालिकाले छोराछोरीले झैँ उपचार गरिदियो ।’

गाउँपालिकाभरिका करीब ३०० हाराहारीमा रहेका ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई उपचार सेवा दिने गाउँपालिकाको योजना छ । गाउँपालिकाभरिका स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई परिचालन गरेर परीक्षण गरिएको र आवश्यकताअनुसार औषधि वितरण गरिएको छ । ज्येष्ठ नागरिकलाई च्यवनप्राशसमेत वितरण गरिएको छ ।

पहिलो दिनमा वडा नं ३ का ७१ वृद्धवृद्धालाई उपचार सेवा दिएको गाउँपालिकाका उपाध्यक्ष भागिरथी भट्टराईले बतँइन् । ६ जना स्वास्थ्यकर्मीको टोली स्वास्थ्य परीक्षणमा खटाएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ११ : २४ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले