बलिउडमा चल्यो कपिल शर्माकी पत्नी गर्भवती भएको चर्चा | Khabarhub Khabarhub

बलिउडमा चल्यो कपिल शर्माकी पत्नी गर्भवती भएको चर्चा


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कपिल शर्मा पछिल्लो समय आफ्नो शो ‘द कपिल शर्मा शो’ का कारण चर्चामा छन् । कपिलको यो कमेडी शो टीआरपीका मामलामा पनि नम्बर १ मा छ । कपिल आफ्नो व्यावसायिक जीवनसँगै वास्तविक जीवनलाई पनि सफल बनाउने योजनामा छन् ।

हालै भने कपिल शर्माका फ्यानलाई एउटा खुशीको कुरा छ । खबरलाई आधार मान्ने हो भने कपिल शर्मा र गिन्नी चतरथका घरमा नयाँ पाहुना को आगमन हुने भएको छ ।

भारतीय मिडियाले स्रोतका हवाला दिँदै यस्तो लेखेका छन् । रिपोर्टका अनुसार कपिल शर्माकी श्रीमती गिन्नी चतरथ गर्भवती छिन् । जहाँकि, यो खुशीको कुरालाई कपिल शर्मा र उनको परिवारले आधिकारिक रुपमा बताएका छैनन् । यसका साथै यो पनि खबर आएको छ कि, कपिलले नयाँ पाहुनाको स्वागतको तयारी पनि गरिरहेका छन् ।

कपिल शर्माले सन् २०१८ को डिसेम्बरमा आफ्नो बाल्यकालकी साथी गिन्नी चतरथसँग बिहे गरेका थिए । उनको बिहेमा बलिउडका कैयन् कलाकार पनि उपस्थित थिए । कपिल शर्माले भारतमा सबैभन्दा धेरै हेरिने स्टान्डअप कमेडियन बनेर वर्ल्ड बूक रेकर्डस् लण्डनमा आफ्नो नाम लेखाएका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ११ : १८ बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा