कांग्रेसका योजनामा सरकारले फोटो खिच्ने काम गर्‍यो : नेता पौडेल | Khabarhub Khabarhub

कांग्रेसका योजनामा सरकारले फोटो खिच्ने काम गर्‍यो : नेता पौडेल


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेता पौडेलले दुई तिहाइको वामपन्थी सरकार भए पनि जनतामुखी काम गर्न नसकेको आरोप लगाए ।

कपिलवस्तुको चन्द्रौटामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै नेता पौडेलले कम्युनिष्ट सरकारले काङ्गे्रसले गरेको ठूलो योजनामा गई फोटो खिचाउने काम मात्र गरिरहेको बताए ।

उनले सरकारले एक वर्षसम्म काम गर्ने मेसो नै नपाएको दाबी गरे अहिलेको सरकार भ्रष्टाचारमुखी बन्दै गएको भन्दै जनतामाझ परिचित भइरहेको आरोपसमेत लगाए ।

यस्तै नेता पौडेलले कांग्रेसले शुरु गरेको जागरण अभियानले पार्टीलाई एक सूत्रमा बाँध्ने बताए । कांग्रेस अबको निर्वाचनमा पहिलो पार्टी बन्नेसमेत उनको दाबी थियो । भित्रीरुपमा एकता रहेकाले कुनै द्विविधामा नपर्न कार्यकर्तालाई उनले आग्रह गरे ।

कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेस केन्द्रीय सदलस्यद्वय अर्जुननरसिहं केसी र गगनकुमार थापा, कपिलवस्तुका जिल्ला सभापति सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं ३ का सांसद अभिषेकप्रताप शाहलगायत नेताहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  १० : ०५ बजे

ब्याण्डविथ खरिद वापतको भुक्तानीमा कुनै अवरोध छैन : मन्त्रालय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा इन्टरनेट सेवा

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन