पौडीकी गौरीकाद्वारा दुई वटा राष्ट्रिय कीर्तिमान | Khabarhub Khabarhub

पौडीकी गौरीकाद्वारा दुई वटा राष्ट्रिय कीर्तिमान


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडी प्रतियोगितामा गौरीका सिंहले २ विधामा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।
गौरीका सिंहले दुइ सय मिटर ब्याकस्ट्रोकको हिट्समा ३१ दशमलव ३१ सेकेन्डको रेकर्ड सुधार गरिन् ।

त्यसैगरी, महिला आठ सय मिटर फ्रि स्टाइलमा आर्मीकी खेलाडी गौरीकाले नौ मिनेट ३९ दशमलव २२ सेकेन्डमा दूरी पूरा गर्दै राष्ट्रिय कीर्तिमानका साथ पहिलो स्वर्ण जितिन् ।

सेनाकै उपास्ती महर्जनले रजत र प्रहरीकी समिरा शोभा थापाले कास्य पदक हात पारे । पुरुष एक सय मिटर ब्रेष्टस्ट्रोकको हिट्समा शुभंम श्रेष्ठले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

गौरीकाले जस्तै शुभमले पनि एक सय मिटर ब्रेष्टस्टोकमा कीर्तिमान कायम गरेका हुन् । शुभमले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका थिए । ५० मिटर ब्याकस्ट्रोकमा एपीएफका तेन्जिङ गुरुङले स्वर्ण हात पारे ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ७ : १७ बजे

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको

हाडजोर्नी र नसाको उपचारमा प्रभावकारी बन्दै अकुपञ्चर पद्धति

व्यस्त जीवनशैली र खानपानले नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा छन्।

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति