प्रधानमन्त्री ओली र श्रीलंकाका समकक्षीबीच फोन वार्ता, विष्फोटको भर्त्सना | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली र श्रीलंकाका समकक्षीबीच फोन वार्ता, विष्फोटको भर्त्सना


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा भएको श्रृंखलाबद्ध बम विष्फोटको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

आइतबार अपराह्न श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेसँग फोनमा कुराकानी गर्दै बम बिस्फोटनको घटनामा कैयौं निर्दोषहरुको ज्यान गएकोमा दुःख व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले फोन वार्ताका क्रममा आफ्ना समकक्षीमार्फत श्रीलंकाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेको सचिवालयले जनाएको छ ।

यसैबीच, प्रधानमन्त्री ओलीले  समवेदना सन्देश पठाउँदै घटनाप्रति निन्दा प्रकट गरेका छन् ।

‘आज बिहान श्रीलंकका विभिन्न सार्वजनिक स्थानहरुमा भएको श्रृंखलावद्ध बम आक्रमणमा परी कैयौं निर्दोषहरुले जीवन गुमाउनु परेको घटनाले मलाई अत्यन्त दुःखी बनाएको छ ।’ प्रधानमन्त्री ओलीले सन्देशमा भनिएको छ ।

‘नेपाल आतंकवाद विरुद्धको आफ्नो सैद्धान्तिक अडानमै उभिएर कुनै पनि रंग र रुपको आतंकवादको कडा शब्दमा निन्दा गर्दछ’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले सन्देशमा नेपाल सरकार र सम्पूर्ण नेपाली जनताको तर्फबाट घटनाका मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रधानमन्त्री ओलीले घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ६ : १५ बजे

डरत्राश देखाइ नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आराेपमा दुई जना पक्राउ

काठमाडौं– नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ

भारतको उत्तराखण्डमा डढेलो, बझाङका दुईजनाको मृत्यु

महेन्द्रनगर- भारतको उत्तराखण्डमा डढेलोमा परेर दुई जना नेपाली जनाको मृत्यु

विपद् व्यवस्थापनमा बजेट छैन भन्ने प्रवृत्ति अन्त्य गरौँ : गृहमन्त्री

काठमाडौं–  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनमासमेत बजेट छैन

सशक्त प्रतिपक्षको भूमिका निर्वाह गराैँ, तत्काल सत्ताको फेरो समात्न आवश्यक छैन : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान अवस्थामा कांग्रेसले

रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला

म्याग्दी– कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती