कोरिया रोजगारीमा जाने विदेशी श्रमिकले बीमा नगराए ५ मिलियन जरिवाना | Khabarhub Khabarhub

कोरिया रोजगारीमा जाने विदेशी श्रमिकले बीमा नगराए ५ मिलियन जरिवाना


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरिया सरकारले आप्रवासी श्रमिक र रोजगारदाताका लागि लक्षित वर्तमान बिमा ऐनलाई परिमार्जन गरेको छ । परिमार्जित बीमा ऐनमा आप्रावासी श्रमिकले अनिवार्य रुपमा बीमा गर्नुपर्ने भएको छ । बीमा नगर्ने विदेशी श्रमिकलाई ५ मिलियन कोरियन वोनसम्म जरिवाना गर्ने सकिने परिमार्जीत ऐनमा उल्लेख गरिएको छ ।

आप्रबासी कामदारका लागि गरिने ४ प्रकारका बीमामा स्वदेश प्रस्थान गर्ने ग्यारेन्टी बीमा र ग्यारेन्टी बीमा अर्थात काम गर्ने अबधिमा आप्रबासी श्रमिकहरुको गैर–ब्यापारिक जोखिमलाई ग्यारेन्टी गर्ने बीमा समेत समावेश गरिएको छ । कोरिया रोजगारीमा आउने विदेशी श्रमिकको संख्या बृद्धि भएसँगै बीमा नीति परिमार्जित गरि लागू गर्ने भएको हो ।

सामसङ् फायर एण्ड मरिन ईन्स्युरेन्स कम्पनिको रिर्पोट अनुसार २५ मार्च २०११ सम्म २२५।७० बिलियन वोन सम्ममा रहेको बीमाको बजार सन् २०१८ सम्ममा आइपुग्दा ३९६.४६ बिलियन वोनमा बिस्तार भइरहेको कोरियाली सञ्चारमाध्यमले समाचारमा संप्रेरक्षण गरेका छन् ।

गत बर्ष कोरियामा कुल २ लाख ४० हजार ९०७ जना मध्ये सबैभन्दा बढी प्रस्थान ग्यारेन्टी बीमा ,ग्यारेन्टी बीमा, ब्यक्तिगत चोटपटक भुत्तानी बीमा तथा फिर्ती लागत बीमा लिने बिचको अधिक संङख्या थियो । बर्तमान समयमा विदेशी कामदार बीमा पोलिसीधारको संङख्या पछिल्लो बर्षको अन्तिम सम्ममा २ लाख ४३ हजार ७२३ थियो भने सन् २०११ तुलनामा १ लाख बढी भएको साथै आप्रबासी कामदारका लागि प्रस्थान बीमा शुल्क ३६४ बिलियन वोन भुक्तानी भएको जनाईएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  २ : ५९ बजे

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको

लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिका : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार

डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु

दोलखा– रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी– बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने