‘पोइ पर्‍यो काले’ पछि ‘राम राम’ मा सौगातको इन्ट्री | Khabarhub Khabarhub

‘पोइ पर्‍यो काले’ पछि ‘राम राम’ मा सौगातको इन्ट्री


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही समय सुस्ताएका अभिनेता सौगात मल्लले बिहीवार मात्र फिल्म ‘पोइ पर्‍यो काले’ अभिनय गर्ने खबर आएको थियो । उक्त फिल्ममा सौगातका अलावा पूजा शर्मा र आकाश श्रेष्ठ पनि अनुबन्ध भइसकेका छन् ।

यतिबेला भने सौगातले अर्को फिल्म ‘राम राम’ पनि साइन गरेका छन् । यो फिल्ममा निर्देशनको जिम्मा सुवर्ण थापाले लिएका छन् । सौगात र सुवर्णले यसअघि फिल्म ‘फन्को’ मा एकसाथ काम गरेका थिए ।

फिल्मको कथा तथा पटकथा दिनेश महतले तयार पारेका छन् । फिल्ममा मुख्य कलाकार सौगात मल्ल पक्का भए पनि अन्य कलाकारको चयन अझै भएको छैन ।

निर्माण टिमले यो फिल्मको छायांकन दशैँबाट गरिने जानकारी दिएको छ । अहिले फिल्ममा अन्य कलाकारको छनोट कार्य भइरहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ११ : ५० बजे

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

काठमाडौं– सरकारले विश्व बैंकबाट उपलब्ध हुने करिब रु १३ अर्ब