आर्चरीमा अशिम र मुकेशको फाइनल यात्रा | Khabarhub Khabarhub

आर्चरीमा अशिम र मुकेशको फाइनल यात्रा


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- आठौंअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पुरुष व्यक्तिगत रिकर्भ ७० मिटरमा कास्कीका आर्चरी क्लबका अशिम शेरचन र मुकेश तामाङ फाइनलमाा प्रवेश गरेका छन् ।

सेमिफाइनलमा अशिमले आर्मीका रोशन नगरकोटीलाई ७–५ तथा मुकेशले प्रहरीका तिलक पुनलाई ७–१ ले पराजित गरे । उक्त स्पर्धाको महिलामा आर्मीकी ज्ञानु अवालेले अन्नपूर्ण आर्चरी क्लबकी विष्णुमाया लिम्बूलाई ६–२ तथा आर्मीकी मित्र राईले कास्कीकी केशरी आले मगरलाई ६–० ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष रिकर्भ टिम ७० मिटरमा कास्कीले अन्नपूर्णलाई ६–२ तथा प्रहरीले आर्मीलाई ५–१ ले पाखा लगाउदै फाइनलमा पुगे । रिकर्भ मिक्स टिममा आर्मीका रोशन र ज्ञानु तथा डम्बर थापा र आईशा तामाङको जोडी फाइनलमा प्रवेश गरेका छन् ।

पुरुष ५० मिटर व्यक्तिगत कम्पाउन्डमा कास्कीका जाग्री गुरुङले कञ्चनपुरका होम थापा मगरलाई १४३–१२६ तथा कास्कीका राजेश राणाले थसाङ स्पोर्ट्स क्लबका रमेश भट्टचनलाई १४१–१२४ ले पन्छ्याउदै फाइनल यात्रा तय गरे ।

पुरष ३० मिटर व्यक्तिगत स्ट्यान्डर्डमा आर्मीका तविन गुरुङले बेस्ट आर्चरीका ग्रीष्मा गुरुङलाई ६–० तथा बेस्ट ग्रुपकै प्राण्जल राईले आर्मीका कमल दानीलाई ६–० ले पराजित गरी फाइनलमा पुगे । सो स्पर्धाको महिलामा अर्चना थापा मगरले सोलिना गुरुङलाई ७–१ तथा अनुषा गुरुङले एपीएफकी सोनु जया राईलाई ६–२ ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे । सोनु एपीएफ तथा बाँकी अन्नपूर्णका हुन् ।

पुरुष ३० मिटर टिममा आर्मीले थसाङलाई ५–३ तथा बेस्टले कास्कीलाई ५–३ ले निराश पार्दै फाइनलमा स्थान बनाए । त्यसै स्पर्धाको महिलामा अन्नपूर्णले सुनसरीलाई ६–० तथा कञ्चनपुरले आर्मीलाई ५–१ ले हराउदै फाइनलमा पुगे ।

मिक्स स्ट्यान्डर्ड ३० मिटरमा अन्नपूर्णका राजकुमार छन्त्याल र अर्चना थापा तथा आर्मीका तविन गुरुङ र मन्जु बजगाईंको जोडी फाइनलमा पुगे ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  १० : २४ बजे

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर