संघीयता र गणतन्त्रको विरोधमा कुनै पनि अभिव्यक्ति दिएको छैनः डा.कोइराला | Khabarhub Khabarhub

संघीयता र गणतन्त्रको विरोधमा कुनै पनि अभिव्यक्ति दिएको छैनः डा.कोइराला


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संघीयता र गणतन्त्रको विरोधमा आफूले कुनै पनि अभिव्यक्ति नदिएको दावी गरेका छन् । उनले संघीयता र गणतन्त्र राजनीतिक उपलब्धि भएको उल्लेख गर्दै त्यसको संस्थागत विकास गर्नुपर्ने कुरामा आफ्नो सधै जोड रहेको स्पष्ट पारेका छन् ।

बुधबार काठमाडौंको टोखास्थित आफ्नै निवासमा संचारकर्मीमाझ जनताले चाहे गणतन्त्र र संघीयताका विषयमा जनमत संग्रहमा जान काँग्रेस तयार रहेको अभिव्यक्ति दिएर विवादमा आएसँगै महामन्त्री कोइरालाले हिन्दु राज्य स्थापनाका लागि भने सरकारलाई दवाव दिन जनतालाई पुनः अपिल गरे ।

फरक प्रसंगमा महामन्त्री कोइरालाले नेतविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग तत्काल संवाद गर्न पनि सरकारलाई अपिल गरे । चन्द नेतृत्वको नेकपालाई वार्ताको टेवुलमा ल्याएर समस्या समाधान गर्नुको साटो धरपक्कड गरेर सरकारले गल्ती गरिरहेको महामन्त्री कोइरालाको तर्क थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ८ : १० बजे

भोजपुर बोलेरो दुर्घटना : दुई जनाको मृत्यु

टक्सार– भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो

सुहाङको फराकिलो अग्रता, कांग्रेस र स्वतन्त्रबीच दोस्रोका लागि प्रतिस्पर्धा

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई

भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु

बैतडी– बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको

शुल्क तिर्न बाध्य भए विद्यार्थी 

पाल्हीनन्दन– पश्चिम नवलपरासीका सामुदायिक तथा संस्थागत विद्यालयले दलित विद्यार्थीलाई शुल्क

चुरे पहाडका अधिकांश वनमा डढेलो

गोदावरी– कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाअन्तर्गतका अधिकांश