चलचित्र कलाकार संघको अध्यक्षमा सरिता लामिछानेको उम्मेद्‍वारी घोषणा | Khabarhub Khabarhub

चलचित्र कलाकार संघको अध्यक्षमा सरिता लामिछानेको उम्मेद्‍वारी घोषणा


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाल चलचित्र कलाकार संघकाे आगामी नेतृत्वका लागि कलाकार सरिता लामिछानेले अध्यक्ष पदमा उम्मेद्‍वारी घोषणा गरेकी छन् । चैत २३ गते हुने संघकाे अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

यसअघि संघको महासचिव रहीसकेकी लामिछानेले आगामी कार्यकालका लागि अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेकी हुन् ।

चर्चित टेलिशृंखला ‘मुक्ति’ बाट अभिनय सुरु गरेकी सरिता लामिछानेले ‘गहना’, ‘जानकी’, ‘दुई दिनको जिन्दगानी’, ‘चाहना मनको’, ‘परिचय’ लगायत थुप्रै टेलिशृंखलामा अभिनय गरेकी छन् ।

पछिलो समय  ‘दृष्टि’ नामक टेलिशृंखलामा अभिनय गरिरहेकी लामिछानेले ‘सन्तानको माया’, ‘श्रीमान्–श्रीमती’, ‘हवल्दार सुन्तली’, ‘फिंगरप्रिन्ट’ र ‘सीता’ नामक फिल्ममा समेत अभिनय गरेकी छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ६ : ०२ बजे

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ