पूर्वप्रधानमन्त्री कोइरालाको स्मृति दिवस मनाउँदै कांग्रेस | Khabarhub Khabarhub

पूर्वप्रधानमन्त्री कोइरालाको स्मृति दिवस मनाउँदै कांग्रेस


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– पूर्वप्रधानमन्त्री तथा काँग्रेसका सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस आज (बिहीवार) नेपाली कांग्रेसले विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।

कोइरालाले सशस्त्र संघर्षमा रहेको तत्कालीन नेकपा माओवादीसँग १२ बुँदे हुँदै शान्ती सम्झौता गरी शान्तिपूर्ण राजनीतिमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

२०६२–६३ को दोस्रो जनआन्दोलनका नेतृत्वकर्ता समेत रहेका कोइराला ५ पटकसम्म प्रधानमन्त्री पनि भएका थिए ।

बीपी कोइरालाका कान्छा भाइ गिरिजाको भारतको बिहार राज्यको सहरसा जिल्लाको टेडी भन्ने गाउँमा विस १९८१ असार १८ मा जन्म भएको थियो । बुवा कृष्णप्रसाद कोइराला र आमा दिव्या कोइराला निर्वासित रहेका बेला गिरिजाको जन्म भएको थियो ।

सन् १९२९ मा परिवारसँगै भारतबाट नेपाल फर्केका कोइरालाको एक मात्र सन्तानका रुपमा काँग्रेस नेतृ सुजाता कोइराला छन् ।

२००४ सालमा कोइरालाकै नेतृत्वमा नेपाल मजदुर कांग्रेसको स्थापना गरी विराटनगर जुट मिलमा मजदुर आन्दोलनको शुरु गरेका उनी २००८ देखि २०१७ सालसम्म कांग्रेस मोरङ सभापति बनेका थिए ।

करिब ६ वर्ष जेल जीवन विताएका कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो । २०३१ सालदेखि २०४७ सालसम्म कांग्रेसको महामन्त्री रहेका कोइराला २०५३ सालदेखि लगातार पार्टी सभापति रहे ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ११ : २० बजे

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको