मैत्रीपूर्ण खेलमा जर्मनी र सर्बियाको बराबरी | Khabarhub Khabarhub

मैत्रीपूर्ण खेलमा जर्मनी र सर्बियाको बराबरी


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले सर्बियासँग बराबरी खेलेको छ । बुधबार राति टर्किमा भएको मैत्रीपूर्ण खेलमा जर्मनी र सर्बियाले १—१ गोल गरे ।

सर्बियाका लुका जोभिकले खेलको १२ औं मिनेटमा चलाखिपूर्ण तरिकाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा सर्बियाभन्दा पछि रहेको जर्मनीले खेलमा फर्कन ६९औं मिनेटसम्म कुर्नु परेको थियो ।

खेलको ६९ औं मिनेटमा लियोन गोर्टेकाजले गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए ।

यस्तै खेलको इन्जुरी समयमा सर्बियाका मिलान पाभकोभले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको थियो ।

पाभकोभले लोरी सानेलाई खराब ट्याकल गरेका थिए । पाभकोभले सानेको देब्रे खुट्टाको नली खुट्टामा टेकेका थिए । जसको कारण सानेको हड्डी भाँचिएको बताइएको छ ।

आइतबार जर्मनीले नेदरल्याण्ड र सर्बियाले पोर्चुगलसंग खेल्ने छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  १० : ५८ बजे

इलाम–२ को अपडेट : फराकिलो अग्रतामा सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप– रामेछापका विभिन्न सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि