अमेरिकाले घोषणा गर्‍यो अन्तरिक्षमा युद्ध गर्न सक्ने सेना | Khabarhub Khabarhub

अमेरिकाले घोषणा गर्‍यो अन्तरिक्षमा युद्ध गर्न सक्ने सेना


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्तरिक्षमा युद्ध गर्न सक्षम हुने स्पेस फोर्स अर्थात् अन्तरिक्ष फौज गठन गरिएको औपचारिक घोषणा गरेका छन् ।

सत्तरी वर्षभन्दा बढी समयपछि अमेरिकी अमेरिकी सेनाको नयाँ फौजको रूपमा सार्वजनिक गरिएको अन्तरिक्ष फौजले अमेरिकी वायुसेनाअन्तर्गत रहेर काम गर्नेछ ।

वाशिङ्टनस्थित एक सैन्य अखडामा नयाँ फौजको घोषणा गर्दै ट्रम्पले “अन्तरिक्ष विश्वको नवीनतम युद्धस्थल” भएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

“हाम्रो राष्ट्रिय सुरक्षाले गम्भीर खतराहरूको सामना गरिरहेको बेला अन्तरिक्षमा अमेरिकी सर्वोच्चता कायम रहनु आवश्यक छ,” उनले भने।

“हामी त्यस दिशामा अगाडि नै छौँ। तर हामीले पर्याप्त नेतृत्व लिन सकेका छैनौँ, छिट्टै हामी अझै अगाडि रहनेछौँ।”

“हाम्रो अन्तरिक्ष फौजले हामीलाई बाह्य आक्रमणको प्रतिकार गर्न र माथिल्लो क्षेत्रमा नियन्त्रण जमाउन सघाउ पुर्‍याउनेछ,” उनले भने।

गत साता कङ्ग्रेसका दुवै सदनबाट अमेरिकी सेनाका लागि ७३८ अर्ब अमेरिकी डलरको प्रतिरक्षा विधेयक पारित भएपछि नयाँ फौज गठन सम्भव भएको हो ।

अन्तरिक्ष फौज गठनका लागि यो वर्ष चार करोड अमेरिकी डलर विनियोजन गरिने भनिएको छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ४ : ०२ बजे

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना