स्थायी समिति बैठक रोकेर नेकपाको सचिवालय बैठक | Khabarhub Khabarhub

स्थायी समिति बैठक रोकेर नेकपाको सचिवालय बैठक


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सत्तारुढ दल नेकपाको जारी स्थायी समिति बैठक केहीबेरका लागि स्थगित गरेर सचिवालय बैठक बसेको छ ।

सचिवालय बैठक बस्नका लागि केहीबेर बैठक स्थगित गरिएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

बैठकमा विधान संशोधन र समसामयिक राजनीतिका विषयमा महासचिव पौडेलले धारणा राखेपछि बैठक स्थगित भएको थियो ।

२९ मंसिरबाट सुरु बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखिरहेका छन् । शनिबार प्रचण्डले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

अध्यक्ष दाहालले जवाफ दिनुअघि पार्टी सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको हो । ९ सदस्यीय सचिवालयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक नेताहरु सहभागी भएका थिए ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  २ : २३ बजे

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता