साली भित्र्याउन श्रीमतीसँग दोस्रो बिहे ! | Khabarhub Khabarhub

साली भित्र्याउन श्रीमतीसँग दोस्रो बिहे !


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

अधिकाशं मानिसले जीवनकालमा एक पटक मात्र विवाह गर्दछन् ।

यदि जीवन साथीसँगको खटपट वा अन्य कारणले केहिले अर्को विवाह हुनेगर्छ । तर कोहि ब्यक्तिले एकै पटक दुई महिलासँग विवाह गर्न सक्ला ? त्यो पनि आफ्नो पत्नी र सालीसँग ।

भारतको मध्यप्रदेशस्थित भिन्ड जिल्लाको गुदावली गाउँका एक सरपञ्च (मुखिया)ले सालीसँग बिहे गरे । अनौठो त त्यहाँ भयो उनले साली भित्र्याउँदा आफ्नी श्रीमतीसँग दोस्रो बिहे गरे । त्यो पनि एकै मण्डपमा ।

यसरी एकै मण्डपमा आफ्नी पत्नी र सालीसँग बिहे गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

गुदावलीका सरपञ्च ३५ बर्षीय दिलीप परिहारले ९ बर्ष अघि विनितादेवीसँग विवाह गरेका थिए । अहिले विनितादेवी २८ बर्षकी भइन् र उनीबाट ३ सन्तान पनि भए ।

बिनिता एकाएक बिरामी भएपछि उनले घरमा फेरी साली भित्र्याउने तयारी गरे । अनि उनले बिनिताकै मामाकी छोरी २२ वर्षीया रचनालाई दोस्री दुलही बनाउने योजना बनाए ।

त्यही बिहेको मण्डपमा रचनालाई स्वयम्बरको माला पहिराएपछि फेरि दिलीपले पहिली पत्नी बिनितालाई पनि स्वयम्बरमाला पहिराए ।

सार्वजनिक भिडियोमा विवाह अघि दुबै दिदिबहिनी बेहुलीको पहिरनमा वरमाला लगाएर दिलीपको दायाँबायाँ आउछन् र दिलिपले पालैपालो दुबैलाई माला लगाएर विवाह गरेको देखिन्छ ।

कानूनी र धार्मिक मान्यता अनुसार दोस्रो बिहे गर्न नमिलेपनि अहिलेसम्म दिलिपविरुद्ध उजुरी परेको छैन् । उजुरी परे कारबाही प्रक्रिया अघिबढ्ने स्थानीय प्रहरीले जनाएको छ ।

यता विवाहको भिडियो सार्वजनिक भएपछि दिलीपलाई यस बिषयमा धेरैले प्रश्न गर्न थालेका छन् । जसमा उनले आफ्नो पहिलो पत्नी बिनितिदेवीको स्वास्थ्य खराब भएकाले सन्तानको रेखदेखका लागी साली रचनासंग विवाह गरेको बताएका छन् ।

आफ्नो दोस्रो विवाहका लागि पहिली श्रीमतीको अनुमति लिएको पनि उनले बताएका छन् ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  १ : ५४ बजे

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी