शिक्षक अभावले पठनपाठनमा कठिनाइ | Khabarhub Khabarhub

शिक्षक अभावले पठनपाठनमा कठिनाइ


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- प्राथमिक तहका शिक्षकको दरबन्दी मिलान गर्ने क्रममा जिल्लाका निमावि र मावि दरबन्दी अभाव हुने अवस्था आएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रावि तहका शिक्षकका भरमा मावि र निमावि कक्षा सञ्चालन भइरहेका छन् । विद्यार्थी शिक्षक औषतका आधारमा पाल्पाका प्रावि तहका ४४० शिक्षक जिल्ला बाहिरिने छन् । प्राविमा शिक्षक दरबन्दी बढी रहेको भनेर अन्यत्र शिक्षक पठाउँदा निमावि र माविमा शिक्षण कार्य प्रभावित हुने शिक्षकको दाबी छ ।

सामुदायिक विद्यालय शौक्षिक सञ्जाल, पाल्पाद्वारा आयोजित राष्ट्रिय शिक्षा नीति र शिक्षक दरबन्दी मिलानसम्बन्धी अन्तरक्रियामा प्रदेश नम्बर ५ का सांसद पुरनमान बज्रचार्य र वीरबहादुर रानाले सामुदायिक विद्यालयका हितमा शिक्षक दबरन्दी हुनुपर्ने बताए ।

शिक्षा क्षेत्रमा देखिएका विकृति विसङ्गति अन्त्यका लागि सामुदायिक विद्यालयका शिक्षक लाग्नुपर्ने देखिएको छ । शिक्षा तालिम केन्द्र पाल्पाका प्रशिक्षक गोपालप्रसाद बस्यालले शिक्षा नीतिले निजी विद्यालयलाई सुरक्षा प्रदान गरेको गुनासो गरे ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ९ : २२ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर