नेकपा र जर्मनीको डी लिंके पार्टीबीच ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर | Khabarhub Khabarhub

नेकपा र जर्मनीको डी लिंके पार्टीबीच ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जर्मनीको डी लिंके पार्टीबीच ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

विहीबार भएको एक कार्यक्रममा नेकपाका विदेश विभाग उपप्रमुख समेत रहेका नेता विष्णु रिजाल र जर्मनीको डी लिंके पार्टीका प्रतिनिधिबीच ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

६ बुँदे समझदारी पत्रमा दुई पार्टीबीच आपसी सहयोग आदान–प्रदान लगायतका विषय रहेको जनाइएको छ ।

कार्यक्रममा दुवै पार्टीका नेता, कार्यकर्ता तथा वौद्धिक वर्गको सहभागीता रहेको थियो । पार्टीका पवक्ता समेत रहेका नेता नारायणकाजी श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर हुनु नेकपाका लागि गौरवको विषय भएको बताए ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ८ : २५ बजे

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत