पदमचाल के हो ? यस्ता हुन्छन् औषधीय गुण | Khabarhub Khabarhub

पदमचाल के हो ? यस्ता हुन्छन् औषधीय गुण


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको हिमाली क्षेत्रमा पाइने पदमचालबारे धेरैलाई थाहा नहोला । यो एक किसिमको जडीबुटी हो । आयुर्वेदमा यसलाई निकै महत्वका साथ लिइन्छ ।

नेपालको ३००० मिटर देखि ४००० मिटर सम्मको हिमाली भेगमा पदमचालका विरुवाहरु आफै उम्रिएका हुन्छन् । यसको व्यवसायिक खेती भने हालसम्म भएको पाइँदैन । स्थानीयहरुले यसलाई विभिन्न दवाईका रुपमा प्रयोग गर्दै आएका हुन्छन् । बोटलाई अचारका रुपमा पनि खाने गरिन्छ ।

अमिलो हुने यो विरुवाको बोटसँगै जरामा धेरै औषधिय गुण हुन्छ । पछिल्लो समय यसलाई जडिबटी संकलन कर्ताहरुले  जरा किनेर भारत, चीन लगायतका मुलुकमा निर्यात गर्ने गरेका छन् ।

पदमचाल विशेष गरी फिरफिरे, गोब्रे सल्ला जस्ता रुखहरुको छेउछाउमा, थुम्कामा, केही खुला ठाउँ, ढुङ्गाको अन्तर तिर पाउन सकिन्छ। येसको बिरुवा साधरणतया एक देखि दुई मिटरसम्मको अग्लो हुन्छ। येसको जरा र जमिन मुनि हुने कान्ड कसिलो र गठिलो हुन्छ भने बाहिरी भाग केही चाउरी परेको हुन्छ।

यसबाट सुगन्धित वास्ना पनि आउँछ। यसका पात हरु करीब करीब ३० सेन्टीमिटरको हुन्छन। पदमचालको फूलहरु साना र रातो रङ को हुन्छ। पदमचाल विशेषत नेपालको हिमाली भेग दोलखा, गोरखा, लमजुङ, म्याग्दी, हुम्ला, बाजुरा, जुम्ला, पर्वत, रुकुम, बागलुङ लगायतका जिल्लामा पाउने गर्छ ।

के हुँदा कसरी गर्ने ?

कब्जियत, पखला लागेको, ज्वरो आएको अवस्थामा पदमचालको प्रयोग गर्न सिकन्छ । शरीरमा जलन भएमा यसकाे रस बनाएर पिउँदा शरीरलाई शितलता प्रदान गर्छ ।

यसको डाँठलाई सुकाएर जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ । खाना अपच भएको अवस्थामा एक गिलास पानीमा यसको सुकाएको धुलो एक चम्चा मिसाएर खाँदा यसले स्वास्थ्यलाई निकै फाइदा पुर्‍याउँछ ।

त्यस्तै, शरीरको कुनै भाग सुन्नियेको, मर्केको, भाँचिएको अवस्थामा पदमचालको जरा कुटेर गाइको गहुतसग मिसाइ लगाउनाले फाइदा गर्दछ। साथै पदमचालको पात, डाठ, फुललाइ अचार तथा तरकारीमा पनी प्रयोग गरिन्छ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ७ : ४७ बजे

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली