नेपालमा मदिरा र सुर्तिजन्य पदार्थ सेवन गर्नेको संख्या बढ्दो | Khabarhub Khabarhub

नेपालमा मदिरा र सुर्तिजन्य पदार्थ सेवन गर्नेको संख्या बढ्दो


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नसर्ने रोगका विषयमा गरेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ ।

परिषद्ले गत फेब्रअरी देखि मे महिनासम्ममा गरेको सर्वेक्षणमा जनसंख्याको आधारमा सुर्तिजन्य पदार्थको सेवा, मद्यपान, आहार, नुनको प्रयोग, शारीरिक क्रियाकलाप, पाठेघरको मुखको क्यान्सरको स्क्रीनिङ, मुख स्वास्थ्यको विषयमा तथ्यांक संकलन गरेको थियो ।

परिषद्ले दुर्घटना, हिँसा तथा चोपटक, मानसिक स्वास्थ्य, एक वर्षम देखिएको जोर्नी तथा ढाडको दुखाइ, मोटोपना, उच्च रक्तचाप, रगतमा चिनीको मात्रा र कोलेस्टेरोल, मुटु रोगको जोखिम र स्वस्थ्य प्रणालीको विषयमा समेत अनुसन्धान गरेको हो ।

परिषद्ले ७ वटै प्रदेशमा १५ देखि ६९ वर्ष उमेर समूभित्रका ५ हजार ९ सय ९३ जनामामा यो सर्वे गरेको थियो ।

परिषद्ले सन् २००७ देखि हरेक ५ वर्षमा एक पटक नसर्ने रोग सम्बन्धी जोखिमका विषयमा अनुसन्धान गर्दै आएको छ ।

सुर्तिजन्य पदार्थको प्रयोग गर्ने बढ्दै

परिषद्ले सार्वजनिक गरेको तथ्यांकको अनुसार नेपालमा सुर्तिजन्य पदार्थ समेत गर्नेहरुको संख्या बढ्दै गएको छ । उक्त सर्वेक्षणका अनुसार २८ दशमलव ९ प्रतिशतले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेका छन् । सुर्तिजन्य पदार्थ सेवन गर्नेमा महिला भन्दा पुरुषको संख्या तेब्बर रहेको तथ्यांकले देखाएको छ। उक्त सर्वेक्षणका अनुसार सुर्तिजन्य पदार्थको सेवा गर्नेमा ४८ दशमलव ३ प्रतिशत पुरुष छन् भने ११ दशमलब ६ प्रतिशत महिला रहेका छन् ।

सन् २०१३ मा भएको सर्वेक्षणमा ३० दशमलव ८ प्रतिशतले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको थियो । जसमा पुरुष ४८ दशमलव १ प्रतिशत थिए भने, महिला १२ दशमलव १ प्रतिशत थिए । सन् २०१३ र २०१९ को तथ्यांकलाई हेर्दा सुर्तिजन्य पदार्थ सेवन गर्ने पुरुष बढेको देखिन्छ भने महिलाहरु घटेका छन् ।

परिषद्का अनुसार एक व्यक्तिले एक महिनामा एक हजार ५० रुपैयाँ सुर्तीजन्य पदार्थको सेवनमा खर्च गर्ने गरेका छन् ।

हाल दैनिक रुपमा २४ दशमलव १ प्रतिशतले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेका छन् । यस्तै १७ दशमलव १ प्रतिशतले धुम्रपान सेवन गर्छन् । दैनिक रुपमा धुम्रपान गनर्नेमा १३ दशमलव ३ प्रतिशत रहेका छन् ।

७२ प्रतिशतले जीवनमा कहिल्यै मद्यपान गरेका छैनन्

परिषद्ले गरेको अनुसन्धानमा ७२ दशमलव २ प्रतिशतले जीवनमा कहिलेपनि मद्यपान नगरेको अध्ययनले देखाएको छ ।  यस्तै ४ प्रतिशतले एक वर्षअघि मदिरा सेवन गर्न छाडेका छन् । परिषद्ले गरेको अनुसन्धानमा एक वर्षभित्रमा मरिदापान गर्नेहरुमा २३ दशमलव ९ प्रतिशत रहेका छन् ।

यस्तै विगत एक महिनाभित्रमा मरिदा सेवन गर्नेहरु २० दशमलव ८ प्रतिशत रहेका छन् भने अत्याधिक मदिरा सेवन गर्नेका ६ दशमलव ८ प्रतिशत छन् । एक महिनाको अवधिमा मदिरा सेवन गर्नेमध्ये ६८ दशमलब ५ प्रतिशतले सरकारले अयोग्य भनेको मादक पदार्थ सेवन गरेको सर्वेक्षणले देखाएको छ ।

परिषद्ले सन् २०१६ मा गरेको अनुसन्धानमा मदिरा सेवन गर्नेहरु १७ दशमलव ४ प्रतिशत मात्र थिए ।  तर हाल नियमित रुपमा २० दशमलव ८ प्रतिशतले मदिरा सेवन गरेको पाइएको छ ।

सो तथ्यांकलाई हेर्दा मरिदा सेवन गर्नेको संख्या झनै बढ्दै गएको छ । महिरा सेवन गर्नेहरुमा महिला भन्दा पुरुष बढी रहेका छन् ।

परिषद्ले गरेको अनुसन्धानमा नेपालीहरु दैनीक रुपमा आवश्य पर्ने पोषक तत्व नखाने तर जंगफुड बढी खाने गरेको पाइएको छ । ९६ दशमलव ७ प्रतिशतले आवश्यक पर्ने भन्दा कम फलफु तथा तरकारी खाएको तथ्यांकले देखाउँछ । यस्तै औषतमा खानुपर्ने फलफूल तथा तरकारी पूरा मात्रामा खानेहरु २ प्रतिशत मात्र रहेका छन् ।

नेपालमा नसर्ने रोगका बिरामीहरु बढ्दै गएकाले परिषद्ले नसर्ने रोगका जोखिम तत्वहरुको विषयमा जनसंख्याको आधारमा अनुसन्धान गरेको जनाएको छ । परिषद्ले गरेका अध्ययन अनुसार नसर्ने रोगका जोखिम न्युनिकरणका लागि सरकारले सचेतनाका कार्यक्रम तथा नियन्त्रण गर्न निति नियम बनाएमा नसर्ने रोगको जोखिम कम गर्न सहयोग पुग्ने परिषद्का प्रमुख डा अञ्जनी कुमार झाले बताए ।

कार्यक्रममा स्वास्थ्य सचिव खगराज बरालले रिसर्चको आधारमा नीति नियम बनाउन सहयोग पुग्ने भएकाले वैज्ञानिक र व्यवहारिक ढंगबाट अनुसन्धान गर्न परिषद्लाई आग्रह समेत गरेका छन् ।

यस्तै स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र क्षेत्रीले परिषद्ले गरेका अनुसन्धानलाई आधार बनाएर नीति तथा निर्देशिका बनाउने र कार्यन्वयन गर्ने बताए ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ९ : ३० बजे

गायक प्रकाश सपुतले फिल्म ‘वसन्त’ बनाउने, भदौदेखि सुटिङ

काठमाडौं- चर्चित गायक प्रकाश सपुतले फिल्म बनाउने भएका छन् ।

जापानी विदेशमन्त्री खामिखावा वसन्तपुरमा (तस्बिरहरू) 

काठमाडौं– आज नेपाल आएकी जापानका विदेश मन्त्री खामिखावा योकोले आजै

अर्थमन्त्रीलाई सुझाव : रोजगारी र उत्पादन बढाउने बजेट ल्याउनू

काठमाडौं- अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आगामी आर्थिक वर्षको बजेट निर्माण

दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम

काठमाडौं– ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी

बागमतीमा एकै दिन तीन जनाको शव फेला

हेटौंडा– बागमतीमा शनिबार एकै दिन तीन जनाको शव फेला परेको