प्रहरीका नाममा फिरौती उठाउने ४ जना पक्राउ | Khabarhub Khabarhub

प्रहरीका नाममा फिरौती उठाउने ४ जना पक्राउ


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा नक्कली प्रहरी बनेर फिरौती माग गरेको अभियोगमा ४ जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका–८ का अनिलचन्द, प्रदिप गिरी, सन्दिप श्रीबास्तव र भक्तराज जोशीलाई नक्कली प्रहरी बनेर फिरौती माग गरिरहेको अवस्थामा दुई दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ परेका ४ जनाले बुधबार धनगढी बजारबाट गाउँतर्फ जाँदै गरेका अरुण चौधरी र लक्ष्मण चौधरीलाई बाटोमा रोकेर ‘हामी प्रहरी हौं तिमीहरुसँग लागुऔषध ब्राउन सुगर छ’ भनी डराइधम्काइ अपहरण गरी कुटपिट गर्नुका साथै १ लाख रुपैयाँ नदिएमा लागु औषध मुद्दा चालाइ दिने भन्दै फिरौती माग गरिएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।

पीडित अरुण चौधरी उनीहरुको नियन्त्रणवाट भाग्न सफल भई प्रहरीलाई जानकारी गरेपछि गएको प्रहरी टोलीले ती अभियुक्तलाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ३ : ४४ बजे

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य

बझाङमा कांग्रेसको अग्रता कायमै : एमाले २८४ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।