‘सेक्स’ मा इन्जोय गर्नुपर्छ तर त्यसमा केही भावना पनि हुनुपर्छ: इलियाना डिक्रुज | Khabarhub Khabarhub

‘सेक्स’ मा इन्जोय गर्नुपर्छ तर त्यसमा केही भावना पनि हुनुपर्छ: इलियाना डिक्रुज


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका अलावा कैयन् तेलुगू फिल्ममा काम गरिसकेकी अभिनेत्री इलियाना डिक्रुजले एक सनसनीपूर्ण अन्तर्वार्ता दिइसकेकी छिन् । बलिउडमा जमिसकेकी यी अभिनेत्रीले ‘बर्फी’, ‘फटा पोस्टर निकला हिरो’, ‘रुस्तम’, ‘बादशाहो’, ‘रेड’ लगायत अन्य केही फिल्ममा काम गरिसकेकी छिन् । उनको सुन्दरताले पनि उत्तिकै चर्चा पाउने गर्छ ।

हालै इलियानाले एक अन्तर्वार्ताका क्रममा आफ्ना फिल्म र व्यक्तिगत जीवनका बारेमा पनि कैयन् खुलासा गरिन् । शिवानी दान्डेकारले आफ्नो शोमा पहिले लिएको अन्तर्वार्ता सम्झाउँदै सोधिन्, जुन अन्तर्वार्तामा इलियानाले भनेकी थिइन् – ‘सेक्सको प्रेमसँग कुनै मतलब हुँदैन ।’

यसको उत्तरमा इलियानाले भनिन्, ‘शायद मेरो भनाइलाई गलत तरिकाले लिइयो, हुनसक्छ कि मैले अरु कसैको भनाइ भनिरहेकी थिएँ, जुन मलाई मन परेको थियो ।’

‘म सेक्सलाई इन्जोय गर्छु, यसलाई मैले वर्कआउटका रुपमा लिन्छु, मलाई यो ठीक लाग्दैन,’ उनले स्पष्ट पार्दै भनिन्, ‘मेरो मतलब यो हो कि, मेरो ख्यालमा हामीले सेक्स गर्न आवश्यक छ, तर यसका लागि कुनै भावना पनि हुनुपर्छ, जब तपाईं मायामा हुनुहुन्छ भने सेक्स निकै मजाको हुन्छ, किनकि यसमा दुई आत्मा सामेल हुन्छन् ।’

यो शोमा इलियानाले आफ्नो ब्रेकअपबारे पनि बताइन् । उनले ब्रेकअप भएर आफ्नो दिल टुट्दा वर्कआउट गर्नै छोडिदिएकी थिइन् । त्यसपछि उनले केही समय पेन्टिङ गर्न थालिन् । उनी भन्छिन्, ‘कुनै पनि मान्छेलाई आफैले सम्झनका लागि पनि केही समय दिनुपर्छ ।’

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ८ : १४ बजे

केन्यामा बाढीका कारण दुई सयभन्दा धेरैको मृत्यु

नैरोबी –तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी

खबरहब ब्रिफिङ : उपचुनाव, लगानी सम्मेलन, प्रदूषण, अवहेलना, इन्टरनेट…

काठमाडौं – यो साता (बैशाख १५–२१) नेपालमा महत्वपूर्ण घटनाक्रम विकसित

आगलागीका कारण बझाङमा वायु प्रदूषण उच्च

बझाङ । बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि

आजका समाचार : प्रेस स्वतन्त्रता दिवसदेखि सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राखिनेसम्म

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री प्रधानमन्त्री

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा