गुगल म्यापको नयाँ सुविधा, सवारी चालकका लागि बढी प्रभावकारी | Khabarhub Khabarhub

गुगल म्यापको नयाँ सुविधा, सवारी चालकका लागि बढी प्रभावकारी


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लामो यात्रामा नस्किुन पर्दा होस या आफुलाई जनाकार नभएको ठाउँमा जानुपर्दा सामान्यतया हामी गुगल म्यापको प्रयोग गर्छौ । तर, गुगल म्यापसँग अर्को एप सँगै चालाउनेको संख्या पनि कम छैन । त्यो अर्को रियल टाईम म्यापिङ प्रोग्राम ‘वेज’हो ।

नेपालमा गुगल म्याप बढी प्रभावकारी छ । किन की सामान्यतया नयाँ ठाउँ जानुपर्दा सहज हुन्छ । त्यो भन्दा अन्य सुविधा हामीले प्रयोग गर्दैनौं र अन्य सुविधा नेपालमा सर्पोट पनि नगर्न सक्छ । तर, विश्व परिवेशमा रियल टाइम म्यापिङ प्रोग्राम दुई वटै चल्छ ।

कारण गुगल म्याप केही हदसम्म बढी प्रभावकारी र सहज पनि छ । गुगल तुरन्तै लोड हुनुका साथै वैकल्पिक बाटोहरु पनि पत्ता लगाउन सहयोग गर्छ । अर्को तर्फ वेज । जुन गुगलकै स्वामित्वमा रहेको कम्पनी हो । यसमा रहेको एउटा फिचर महत्वपूर्ण रहेको छ । यसबाट एउटा सवारी चालकले अन्य चालकलाई अगाडि बाटोमा भएका खतराको बारेमा जानकारी दिन सक्छन । साथै ट्राफिक चेकको बारेमा पनि जानकारी दिन्छ ।

तर, यहाँ अचम्म छ । जुन एउटा समस्या पनि हो । एकै पटक दुई वटा रियल टाईम म्यापिङ प्रोग्राम प्रयोग गर्दै हिड्न पर्ने बाध्यता छ । एउटै कम्पनीको दुई फरक एपमा भएका सुविधालाई गुगलले मर्ज गर्न सकको छैन । यदि एक ठाउँमा मर्ज गरिदिने हो भने दुई वटा एप प्रयोग गर्नपर्ने वध्यताबाट छुटकारा पाइन्छ ।

तर, यो हप्ता गुगलले केही हदसम्म यो समस्याको समाधान गरेको छ । गुगलले गुगल म्यापमा नयाँ सुविधा थप गरेको छ । जसमा सवारी चालकले तत्कालै बाटोमा देखिएको खतराको जानकारी अर्को चालकलाई दिन सक्छन् । प्रहरी चेक आउन लाग्यो, गति कति गर्नुपर्ने, अथवा कुन गतिमा ड्राइभ गर्दा उपयुक्त हुन्छ भन्ने बारेमा जानकारी दिनसक्ने बनाएको छ।

हाललाई यो केही एन्ड्रोइड फोनमा उपलब्ध गराइएको छ । आईओएर र एन्ड्रोइडका कतिपय भर्जनमा सर्पोट तत्कालै गर्ने छनै । तर, यो प्रयोगको लागि चालकहरु पैक्कै पनि उत्साहित हुनेछन् । तर, यसबाट एउटा समूह भने खुसी छैन होला ।

त्यो हो, प्रहरी । यसअघि प्रहरीले वेजसँग प्रहरीको लोकेसन देखाउने फिर्चसलाई बन्द गर्न आग्रह गरेको थियो । तर, वेजले उक्त सेवालाई बन्द भने गरेको छैन । अब गुगलले ल्याएको नयाँ सुविधा पनि प्रहरीकै टाउको दुखाई हुनेछ ।

रोडमा तीव्र गतिमा सवारी चालउने चालकले अब प्रहरी कारबाही गर्न पाउने छैन । गति तीव्र भइरहेको छ भन्ने कुरा प्रहरी चेक पोइन्टमा पुग्नु भन्दा अघि नै चालकले गुगल म्यापबाट थाहाँ पाउन सक्छन् । जसले गर्दा ड्राइभरले समयमै आफ्नो सवारीको गति सीमित गरी जानसक्छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ६ : ३५ बजे

राजदरबार संग्रहालय हेर्ने अधिकांशको प्रश्न- राजारानीको हत्या गरेको ठाउँ खै?

काठमाडौं- दाङका ८५ वर्षीय मानबहादुर बुढाथोकी अत्यन्त हर्षित देखिए ।

राप्रपा अध्यक्ष लिङ्देनले गरे ८९औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ८९औँ पटक

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका सूचना

‘एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग गर्छ’

काठमाडौं– एसियाली विकास बैंक (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’विरुद्ध टी–२० शृंखलाको पाँचौँ तथा अन्तिम खेलमा