मलेसियामा श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट पुर्‍याउन दवाव | Khabarhub Khabarhub

मलेसियामा श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट पुर्‍याउन दवाव


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेसिया सरकारले सन् २०२० को जनवरीदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने भएको छ ।

गत महिना मलेसिया सरकारले श्रमिक पारिश्रमिक १ सय रिंगेट बढाउन निर्णय गरेको थियो । बजेटमा आगामी जनवरीदेखि मासिक एक हजार रिंगेट तलब लागू गरिएको क्षेत्रका कामदारले ११ सय रिंगेट र हाल ११ रिंगेट लागू गरिएको क्षेत्रका मजदुरहरुले १२ सय रिंगेट तलब पाउने प्रस्ताव गरिएको छ ।

मलेसियाका सांसदहरुले बढाइएको सय रिंगेट तलब अत्यन्तै न्यून रहेको भन्दै श्रमिकको तलब न्यूनतम १ हजार ५ सय रिंगेट पुर्‍याउन सरकारलाई दवाव दिएका छन् ।

श्रमिकको तलब न्यून भएको भन्दै तलब वृद्धिका लागि मानव संसाधान मन्त्रालयमाथि दवाव बढेको छ । मलेसियाको सरकारले सन् २०२० को जनवरी देखि वर्तमान न्यूनतम तलबमा एक सय रिंगेट वृद्धि गर्ने बजेट मार्फत घोषणा गरेको छ ।

मलेसियाको संसदमा सन् २०२० को बजेटमाथि छलफल गर्दै संसदले न्युनतम तलब बृद्धिका दवाव दिएको मलेसियाको अनलाइन द सन डेले उल्लेख गरेको छ । बजेटमाथि छलफल कार्यक्रममा बोल्ने सांसदले श्रमिकको तलबमा सरकारले हेरफरे नगरे आन्दोलन गर्ने समेत चेतावनी दिएको समाचारमा बताइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ४ : ०५ बजे

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल