बहिनीको बिहेमा रोएको भन्दै दाजुलाई कारबाही | Khabarhub Khabarhub

बहिनीको बिहेमा रोएको भन्दै दाजुलाई कारबाही


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विवाह गरेर छोरीचेली अन्माउँदा माइतीपक्ष रुने गर्दछन् । विवाहपछि चेली अन्माउँदा कतिपय दाजुभाई आफ्नो आँसु रोक्न सक्दैनन् ।

स्वभाविक पनि हो, बर्षौं आफूले हुर्काएको छोरीचेली पराई घरमा बिदा गर्दा कुन माइतीको आँसु रोकिएला र ? तर विश्वमा यस्तो देश पनि छ जहाँ चेली अन्माउँदा रोएको भन्दै माइतीलाई कारबाही भएको छ ।

रुसको चेचेन्या भन्ने स्थानमा बहिनीलाई अन्माउँदा रोएको भन्दै उनका दाजुलाई कारबाहीसहित सजाय दिइएको छ । बहिनीको बिवाहमा मन थाम्न नसकेर रुएको अभियोगमा ती बहिनीका दाजुलाई सार्वजनिक रुपमा माफी मगाईं सजाय दिइएको हो ।

एक साता अघि एक भाइरल भिडियोमा बहिनीको बिवाहको अन्तिम समयमा दाजु रोएको देखेपछि माफी मगाइएको थियो । खासमा रुसको चेचेन्यामा विवाहमा रुनु त्यहाँको परम्परा विपरित मानिन्छ ।

चेचेन्याका स्थानीयले भाइरल भिडियोमा दाजु रोएको देखेपछि त्यस उपर कारबाहीको माग गरेका थिए । उनीहरुको मागपछि त्यस बिषयमा ठूलो विवाद भयो । अन्ततः स्थानीय धार्मिक नेताले उनलाई रोएकोमा माफी माग्नु पर्ने आदेश सुनाए ।

बिहेको बेला रुनु चेचेन्याको परम्पराको विपरीत भएको र ती दाजुले त्यसको उल्लंघन गरेको धार्मिक नेताको ठहर थियो । चेचेन्यामा हुने विवाहको अझ रोचक कुरा के छ भने बहिनीको बिहेमा दाजु जान पाउँदैनन् । तर यहाँ त दाजु जाने मात्र होइन वहिनीको विवाहमा गई रोइदिएपछि त यसले चेचेन्याको नियमको घोर उल्लंघन गरेको ठहर भयो । फलस्वरुप ती दाजुले रोएकोमा सार्वजनिक माफी मागे । त्यसपछि उक्त घटनाबारे बहस सकिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  १ : ०७ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको