मालोर्कासँग रियल मड्रिड पराजित | Khabarhub Khabarhub

मालोर्कासँग रियल मड्रिड पराजित


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस ला लिगामा रियल मड्रिड मालोर्कासँग पराजित भएको छ । मालोर्काको मैदानमा भएको खेलमा घरेलु टिमले रियलललाई १–० ले हरायो ।

मालोर्काको जितमा जुनियर लागोले गोल गरेका थिए । उनले सातौं मिनेटमा गरेको गोलका कारण मालोर्काले जित निकाल्न सक्यो ।

खेलमा मालोर्कामाथि दबाब बनाउन सफल भए पनि रियलले हार भने टार्न सकेन । उसले खेलमा चारवटा प्रहार फ्रेममा गरेको थियो भने ६२ प्रतिशत बल पोसेसन आफ्नो पक्षमा राखेको थियो ।

तर, ८४ औं मिनेटमा डिफेन्डर एड्रिजोला रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि भने रियल केही कमजोर देखिएको थियो । त्यसपछि गोल हुन नसक्दा रियलले शीर्ष स्थानमा पुग्ने मौका गुमायो ।

ला लिगाको नवौं चरणको खेल सकिँदा बार्सिलोना १९ अंकसहित शीर्ष स्थानमा छ भने १८ अंक सहित रियल मड्रिड दोस्रो स्थानमा छ । मालोर्का भने १० अंक जोड्दै १४औं स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ७ : ५३ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ