शासकीय पद्धतिलाई पारदर्शी बनाउन सरकार क्रियाशील | Khabarhub Khabarhub

शासकीय पद्धतिलाई पारदर्शी बनाउन सरकार क्रियाशील


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले नेपालको संविधान–२०७२ नेपाली जनताका त्याग र बलिदानबाट आर्जित गरेको दस्तावेज रहेको बताएका छन् ।

उनले राष्ट्र निर्माणका लागि बलियो आधार संविधान भएको भन्दै सहकार्य र सहअस्तित्वलाई अंगिकार गरी शासन सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

तीन वटै सरकारकाबीच कुनै द्विविधा नरहेको प्रष्ट पार्दै मुख्यमन्त्री राईले सरकार सञ्चालनका लागि मूलभूत विषयमा राजनीतिक दलहरुबीच एकता कायम रहेको दाबी गरे ।

उनले प्रदेश नं.१ को नाम छिट्टै टुङ्गो लाग्ने जनाउँदै सरकार जनहीतको बाटो अग्रसर रहेको तर्क गरे ।

उनले भ्रष्टाचारका लागि सरकारले शून्य सहनशीलता अपनाएको प्रष्ट पार्दै शासकीय पद्धतिलाई जवाफदेहिता र पारदर्शी बनाउन सरकार क्रियाशील रहेको बताए ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  १० : ३० बजे

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस