काठमाडौंमा डेंगुका बिरामी घटे, संक्रमणको खतरा टरेन | Khabarhub Khabarhub

काठमाडौंमा डेंगुका बिरामी घटे, संक्रमणको खतरा टरेन


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा मंगलबार, बुधबार र विहीवार लगातार जस्तो पानी पर्‍यो । मौसममा भएको वदलिका कारण काठमाडौंको मौसम केहीदिन अघिदेखि चिसो छ । अर्थात काठमाडौंमा अब चिसो बढेको महसुस भएको छ ।

काठमाडौंको मौसम चिसो भएपनि टेकु अस्पतालमा लामखुट्टेले टोकेर लाग्ने डेंगुका बिरामीहरु आउन भने  छाडेका छैनन् । तर पछिल्लो हप्ताको तुलनामा बिरामी संख्यामा कमी आएको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने डेंगुरोग मनसुनको समयपछि सक्रिय हुने र चिसो मौसम शुरु भएपछि आफै हराएर जाने चिकित्सकहरु बताउँछन् ।

केहीदिनयता काठमाडौंको मौसम चिसो भएपनि टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बुधबार मात्रै डेंगुको आशंकामा ४ सय ७८ जना बिरामी उपचारका लागि आएका छन् ।

ती मध्ये १ सय ६४ जनामा लक्षणको जटिलताका आधारमा डेंगु परीक्षण गरिएकोमा ५९ जनामा डेंगु भेटिएको अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बास्तोलाले बताए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रणले बिहीबार साँझ प्रकाशन गरेको पछिल्लो तथ्यांकका अनुसार काठमाडौंमा साउन १ गतेदेखि असोज १ गतेसम्ममा १ हजार ३ सय ३१ जनामा डेंगुको संक्रमण भेटिएको छ ।

माहाशाखाको तथ्यांकको अनुसार साउन एक गतेदेखि भदौं २२ गतेसम्ममा २ सय ५४ जनामा मात्रै डेंगु भएको थियो । तर भदौं २२ पछि काठमडौंमा डेंगुका बिरामीको संख्या निकै बढेको थियो ।

भदौं २२ देखि २४ गते दुईदिनमै काठमाडौंमा ९ सय १६ जनामा डेंगुको संक्रमण देखएको थियो । भदौं २४ गते सम्म १ हजार १ सय ७० जनामा डेंगु देखिएकोमा २४ गतेदेखि असोज १ गतेसम्ममा १ सय ६१ जनामा मात्रै डेंगु भेटिएको पाइएको छ ।

यो तथ्यांकलाई हेर्दा काठमाडौंमा डेंगुका बिरामीको संख्या क्रमिक रुपमा घट्न थालेको छ । शुक्रराज अस्पतालका चिकित्सक डा शेरबहादुर पुनका अनुसार डेंगुका बिरामीहरु आइरहेपनि बिरामीको संख्यामा भने कमी हुँदै गएको बताउँछन् ।

‘हाम्रो अस्पतालमा बिरामीहरु अहिले कम हुँदै गएका छन्, फलोपका लागि आउने बिरामीको चाप भएपनि नयाँ डेंगुका बिरामीहरु कम आएका छन्,’ डा पुनले भने, ‘केहीदिनदेखि वर्षाका कारण काठमाडौंको मौसम चिसो भएको छ, डेंगु सार्ने लामखुट्टे सक्रिय हुन पाएका छैनन् । त्यसैले बिरामीहरु घटेका छन् ।’

‘मनसुनको समय अझै गइसकेको छैन,पानी परेकाले अहिलेको समय चिसो भएपछि पानी परेर घाम लागेपछि लामखुट्टेको लार्भाहरुको विकास हुनसक्छ, त्यसैले अहिले नै डेंगुको संक्रमण हराउँछ भन्न सकिँदैन,’ डा बास्तोला भन्छन्,

बिरामीको संख्या घटेपनि डेंगुको प्रकोपको खतरा भने अझै बाँकी रहेको डा पुन बताउँछन् ।

‘अहिले वर्षा भइरहेकाले चिसोले गर्दा डेंगुको संक्रमण घटेको छ, तर यो वर्षापछि नै चिसो शुरु नहुँनसक्छ, डेंगु देखिने भनेको मनसुन सकिएपछि नै हो,’ डा पुन भन्छन्, ‘मनसुन पछि घाम लाग्न थालेपछि फेरि लामखुट्टे सक्रिय हुनसक्छ, यो समयमा सचेत भइएन भने फेरि डेंगुका बिरामी बढ्न सक्छन्, त्यसैले डेंगुका बिरामी घटेपछि यसको खतरा घटेको छैन ।’

डा पुनका अनुसार चिसो मौसम शुरु भएसँगै डेंगु सार्ने लामखुट्टे आफै नष्ट भएर डेंगुको प्रकोप हराउँदै जान्छ । अस्पतालका अर्का सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलाले चिसो मौसम शुरु नभइसकेकाले डेंगुको संक्रमण अझै हुनसक्ने बताए ।

‘मनसुनको समय अझै गइसकेको छैन,पानी परेकाले अहिलेको समय चिसो भएपछि पानी परेर घाम लागेपछि लामखुट्टेको लार्भाहरुको विकास हुनसक्छ, त्यसैले अहिले नै डेंगुको संक्रमण हराउँछ भन्न सकिँदैन,’ डा बास्तोला भन्छन्, ‘अब अब पानी पर्न छाड्दैमा सरसफाइमा ध्यान दिएर लामखुट्टेको लार्भा विकास हुन दिएनौं भने संक्रमणको दरक कम हुन्छ ।’

डेंगुका बिरामी कहाँ घटे कहाँ बढे ?

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तथ्यांकका अनुसार प्रदेश १ मा साउन १ गतेदेखि भदौं२२ गतेसम्ममा ८ सय ३१ जना डेंगुका बिरामी थिए ।

महाशाखाकै तथ्यांकले भदौं २४ गते सम्ममा बिरामीको संख्या नबढेको देखाउँछ । तर भदौं २४ गतेदेखि असोज १ गतेसम्मको तथ्यांकमा १ सय २५ जना बिरामी थपिएको देखाउँछ ।

यस्तै प्रदेश २ मा साउन यता भदौं २२ गते ३९ जना बिरामी भएकोमा २४ गतेसम्म बिरामीको संख्या बढेको छैन भने भदौं २४ देखि असोज १ गतेसम्म २२ जना बिरामी बढेर ६१ जना पुगेका छन् ।

भदौं २४ गतेदेखि असोज १ गतेसम्ममा प्रदेश ३ मा पनि बिरामीको संख्यामा कमी आएको छ ।

प्रदेश ३ मा साउन यता बिरामीको संख्या ३ हजार ९ सय २९ जना पुगेको छ । साउनदेखि भदौं २२ गतेसम्ममा २ हजार १० जना बिरामी भएकोमा भदौं २२ देखि २४ गतेसम्ममा दुईदिनमै १ हजार १ सय १६ जना बिरामी बढेका थिए ।

तर भदौं २४ गते देखि असोज १ गतेको तथ्यांकका अनुसार भने बिरामीको संख्या ८ सय ३ जना रहेको छ । यो तथ्यांकलाई हेर्दा प्रदेश तीनमा साउनयता बिारमीको संख्या धेरै देखिएपनि डेंगुका बिरामीहरु घट्न थालेका छन् ।

गण्डकी प्रदेशमा भने डेंगुका बिरामीको संख्या बढेको देखिन्छ । साउनदेखि भदौं २२ गतेसम्ममा ८ सय ९६ जना बिरामी रहेकोमा भदौं २४ गते ६५ जना बिरामी थिए ।

तर भदौं २४ देखि असोज १ गतेसम्ममा १ हजार ३ जना डेंगुका बिरामी थपिएका छन् । गण्डकी प्रदेशमा साउन १ गतेदेखि असोज १ गतेसम्ममा १ हजार ९ सय ६४ पुगेको छ ।

यस्तै प्रदेश पाँभमा पनि बिरामीको संख्या भदौं २४ पछि ९९ जना थपिएका छन् । यता कणाली प्रदेशमा पनि भदौं २४ गतेपछि ४ जना बिरामी थपिएका छन् ।

यस्तै सुदुरपश्चिम प्रदेशमा भदौं २२ गते २३ जना बिरामी रहेकोमा २४ गते ४ जना बिरामी बढेका थिए । भदौं २४ गतेदेखि असोज १ गतेसम्मा २५ जना बिरामी बढेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ५ : ३३ बजे

आज २०८१ साल वैशाख १९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार तदनुसार

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम