भोजपुरको षडानन्द नगरपालिकामा कुकर बम विस्फोट, विप्लवको पर्चा भेटियो | Khabarhub Khabarhub

भोजपुरको षडानन्द नगरपालिकामा कुकर बम विस्फोट, विप्लवको पर्चा भेटियो


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ ।

अज्ञात समूहले शुक्रबार बिहान ३ बजेतिर नगरपालिकाको गाडीलाई लक्ष्य गरी बम विस्फोट गराएको थियो ।

कुकर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामीमगरले बताए ।

विस्फोटन भएको ठाउँमा ‘दलाल पूँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद’ लेखिएको नेत्रविक्रम चन्द समूहको पर्चा भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

त्यस्तै नगरपालिकाको ग्यारेज छेउमा शङ्कास्पद वस्तु पनि फेला परेकाले त्यसलाई डिस्पोजनका लागि सङ्खुवासभाबाट नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलतर्फ आउँदै गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ३ : ५२ बजे

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का