संविधान दिवसको अवसरमा प्रभातफेरी आयोजना | Khabarhub Khabarhub

संविधान दिवसको अवसरमा प्रभातफेरी आयोजना


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– संविधान दिवसको अवसरमा झापामा विभिन्न कार्यक्रम गरिएको छ । दिवसका अवसरमा चन्द्रगढीमा प्रभातफेरी कार्यक्रम गरिएको छ ।

संविधान तथा राष्ट्रिय दिवस, २०७६ मूल समारोह समितिको आयोजनामा चन्द्रगढीको लेकनाथ चोकबाट शुरु गरिएको प्रभातफेरी ट्रेड युनियन चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै समितिका संयोजक तथा जिसस प्रमुख सोमनाथ पोर्तेलले जनताको सङ्घर्ष र शहीदको बलिदानबाट प्राप्त संविधान कार्यान्वयनमा ल्याई अब मुलुकलाई समृद्धिको बाटोतर्फ लैजानुपर्ने बताए।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले नयाँ संविधान सबैको साझा दस्तावेज भएको बताउँदै नेपाललाई थप बलियो, समृद्ध र मर्यादित बनाउने काम संविधानले नै गरेको बताए।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले सबै जातजाति भाषाभाषीको अधिकार सुनिश्चित हुने गरी बनाइएको संविधान विश्वकै उत्कृष्ट र सबैको साझा भएको चर्चा गरे ।

कार्यक्रममा इष्ट होराइजन उमावि धुलाबारीका विद्यार्थी ब्यान्डबाजासहित प्रभातफेरीमा सहभागी भएका थिए । कार्यक्रममा सुरक्षाकर्मी, कर्मचारीलगायत सहभागी थिए ।

जिल्लाका विभिन्न स्थानमा सरसफाइ, अन्तरक्रियालगायत कार्यक्रम गरेर संविधान दिवस मनाइँदै छ ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  १० : ३८ बजे

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी– गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि

माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो

इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मधेसवादीभन्दा राजावादी पछाडि !

काठमाडौं– देशमा राजावादी जनमत बढेको जबजरजस्त भाष्य निर्माण भइरहेको अवस्थामा