सत्तारुढ दलकै नेताले भन्ने संविधान संशोधनको मुद्दा के हो ? | Khabarhub Khabarhub

सत्तारुढ दलकै नेताले भन्ने संविधान संशोधनको मुद्दा के हो ?



काठमाडौं–नेपालको इतिहासमा पहिलोपटक जनताका प्रतिनिधिले बनाएको संविधान जारी भएको ४ वर्ष पुरा भएको छ ।

७० वर्षदेखिको जनताको चाहनाअनुसार संविधानसभाबाट संविधान जारी भएपछि देश अब आर्थिक समृद्धितर्फ अघि बढ्ने प्रयासमा छ ।

नेपालको इतिहासमा छैटौं संविधानका रुपमा २०७२ साल असोज ३ गते तत्कालिन राष्ट्रपति डाक्टर रामवरण यादवद्वारा जारी भएको संविधान कार्यान्वयनको ४ वर्षमा संविधानअनुसार बनाउनुपर्ने कानूनहरु समेत बनिसकेका छन् ।

मौलिक अधिकारसँग सम्बन्धित कानून निर्माण भइसकेका छन् । संविधानअनुसार गठन हुनुपर्ने संवैधानिक आयोगहरु समेत गठन भएर कार्यान्वयनको चरणमा पुगिसकेको छ ।

संविधान जारी भएको ४ वर्षसम्म समेत संविधान संशोधनको एजेण्डा सेलाएको छैन बरु सरकारमै रहेको दलका नेताहरुले समेत संशोधन गर्न माग गर्न थालेका छन् ।

महत्वपुर्ण कानून बने

नेपालको संविधान जारी हुनुअघि ३ सय ३९ ऐनहरू विद्यमान अवस्थामा थिए ।
संविधान जारी भएपछि ३ सय ३९ कानुनमध्ये १ सय ७४ बाट १ सय ३८ परिमार्जन र ३६ नयाँ बनाउनुपर्ने अबस्था थियो ।

त्यसबाहेक १ सय ६५ जस्ताका त्यस्तै राख्दा पनि हुने अबस्था थियो । संविधान जारी भएको यो ४ वर्षमा संविधानअनुसार बनाउनुपर्ने सबै कानून बनिसकेका छन् ।

त्यसबाहेक संविधानको व्यवस्थाअनुसार तीन तहका सरकार बनिसकेका छन् ।

प्रदेश, स्थानीय तह र संघका बिचमा आवश्यक स्रोत बाँटफाँट गर्नका लागि गठन गरिएको प्राकृतिक स्रोत बाँटफाँट आयोगले समेत काम गरिरहेको छ ।

असन्तुष्टि सम्बोधन गर्न सरकार समेत तयार रहेको देखिदै आएको छ । संविधान कुनै धर्मग्रन्थ जस्तो नभएको बताउने सरकार र अन्य राजनीतिक दलले समेत आवश्यकताअनुसार संशोधन गर्न सकिने बताउने गरेका छन् ।

के थियो संशोधनको बहश

संविधान जारी गर्ने बेलामा संशोधन गर्ने बाचा समेत गरेका राजनीतिक दलका नेताहरुले संविधान संशोधनको औचित्य र आवश्यकता खोजेका छन् ।

खासगरी वर्तमान सरकारको नेतृत्वमा रहेको मध्येको एउटा दल तत्कालिन नेकपा माओवादीले संविधान जारी गर्ने बेलामा संशोधनको बाचा गरेको थियो ।

२०७२ सालमा संविधान जारी हुने बेलामा आफ्ना माग सम्बोधन नभएको भन्दै मधेशकेन्द्रित दल राजपा र तत्कालिन संघीय समाजवादी फोरमसहितका दलले मधेश आन्दोलन गरेका थिए ।

संविधान संशोधनको एजेण्डा सफल हुन सकेन । बरु त्यसबेलाका आन्दोलनको मोर्चामा रहेका दुई दल समाजवादी फोरम र राजपा नेपालका बिचमा स्थानीय तहको चुनावमा सहभागी हुने वा नहुने विषयलाई लिएर मतभेद शुरु भयो ।

फलतः उपेन्द्र यादव नेतृत्वको फोरम चुनावमा सहभागी भयो तर राजपाले चुनाव बहिस्कार गर्‍यो । स्थानीय तहको चुनाव बहिस्कार गरेको राजपा संघीय निर्वाचनमा सहभागी भयो, सांसदहरु निर्वाचित भए, संविधानअनुसार सांसद पदको सपथ समेत लिए ।

प्रदेश नम्बर २ मा सत्ता साझेदारका रुपमा समेत उभिए । तर त्यही राजपा र सत्तारुढ दल अहिलेको समाजवादी पार्टीका बिचमा नै फाटो आएको छ ।

प्रदेश नम्बर २ का मुख्यमन्त्रीले संघीय सरकारको निर्णयअनुसार संविधान दिवस मनाउने तर सत्ता साझेदारी गरिरहेको दल राजपाका मन्त्रीहरुले संविधान दिवस बहिस्कार गर्ने अबस्था सिर्जना भएको छ ।

एकपटक भइसकेको छ संशोधन

संविधान जारी भएपछि संशोधन गर्ने बाचा गरेका तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले २०७२ साल माघमा दर्ता गराएको संशोधन पारित समेत भइसकेको छ ।

दोस्रोपटक त्यही सरकारले दर्ता गराएको संशोधनको प्रस्ताव पारित हुन सकेको थिएन । तत्कालिन मधेशी मोर्चाले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, समग्र मधेश एउटा प्रदेश र राज्यका सबै निकायमा समावेशी समानुपातिक रुपमा सहभागिता लगाएतका अन्तरिम संविधानमै रहेको व्यवस्थाअनुसार राख्न माग गरेको थियो ।

सिमांकनका बारेमा अहिलेको सरकार वा राजनीतिक दलहरु चलाउन तयार छैनन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत संविधानको रक्षा गर्न सरकार असफल रहेको टिप्पणी गरेको छ । सभापति शेरबहादुर देउवाले संविधानलाई सर्वस्विकार्य बनाउन अहिलेको सरकारले पर्याप्त काम गर्नुको साटो संविधानविरोधी ऐन बनाउन खोजेको आरोप लगाए ।

संविधान संशोधन नभए दुर्घटना !

सरकारमा रहेको दल समाजपादी पार्टीले समेत संविधान संशोधनको एजेण्डा अघि सारेको छ ।

सरकारमा महत्वपुर्ण जिम्मेवारी र भुमिकासहित रहेका उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका अर्का अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री डाक्टर वावुराम भट्टाराईले संविधान संशोधन नभए दुर्घटना हुने बताएका छन् ।

उनले भने, ‘संविधानमा रहेको सवल पक्षको संरक्षण गर्नु र आवश्यक संशोधन गर्ने दायित्व पनि राजनीतिक दलकै हो । संविधान संशोधन हुन सकेन भने देश ठुलो दुर्घटनामा पर्नसक्छ ।’ त्यस्तै भनाई छ, राजपा नेपालका अध्यक्षमण्डलका सदस्य रहेका राजेन्द्र महतोको पनि । उनले भने, ‘संविधान दिवस मनाउने हक त हाम्रो पनि हो नि । संविधान दिवस मनाउने सबै नेपालीको हक होइन र ? कि त्यो संविधान हाम्रो होइन ? संविधान हाम्रो पनि हुनुर्पयो । हाम्रो स्वामित्व खोजेका हौँ हामीले । संविधान सबैले मनाउन पाउनु पर्‍यो । यसरी पनि संविधान दिवस मनाइन्छ र ? संविधान बाइबल कुरान र महाभारत जस्तो हो र संशोधन नै गर्न नहुने ?’

महतोले संविधान संशोधन गर्न अहिलेका राजनीतिक दलले चासो नदेखाए अर्को विद्रोह हुने बताए । उनले थपे, ‘४ वर्ष बितिसक्यो । अहिले पनि हामीलाई संविधान दिवस मनाउने अवसर प्रदान नगर्ने ? यस्तै गरिरहे कुनै बेला फेरि विद्रोह हुन्छ याद गर्नुस् । ६ वटा संविधान जसरी गयो सातौँ संविधान नजाओस् भन्ने हामीले चाहेका हौँ । सातौँ संविधान बनाउन धेरै लामो तपस्या, संघर्ष र बलिदान खर्चिका छौँ ।’

सरकारले संविधानको रक्षागर्न नसकेको आरोप

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत संविधानको रक्षा गर्न सरकार असफल रहेको टिप्पणी गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानलाई सर्वस्विकार्य बनाउन अहिलेको सरकारले पर्याप्त काम गर्नुको साटो संविधानविरोधी ऐन बनाउन खोजेको आरोप लगाए ।

उनले भने, ‘संविधानले वाक् स्वतन्त्रताको व्यवस्था गरेको छ तर सरकार त्यसको विरुद्ध हुनेगरी सञ्चारसम्बद्ध कानून निर्माण गर्न खोजिरहेको छ,।’

सरकारी कदमको विरोध गर्दै उनले भने, ‘संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरेको छ जनताको सुसुचित हुने अधिकारलाई मौलिक हकमा राखेको छ । सरकार संचार जगतलाई नियन्त्रण गर्ने र जनताको सुचनाको मौलिक हकमा बन्देज लगाउन चाहन्छ । वैदेशिक नीतिमा सरकार असंन्तुलीत र गैर जिम्मेवार बनेको छ । देशको सुरक्षा जस्तो सम्बेदनशिल विषयमा संविधान विपरित कानून बनाउन चाहन्छ ।’

के छ सरकारी धारणा ?

संविधान जारी हुनु नेपालको इतिहासमा ऐतिहासिक रुपमा रहने निश्चित छ । संविधानको व्यवस्थाअनुसारै कतिपय दल तथा क्षेत्रको असन्तुष्टि सम्बोधन गरी संविधानलाई समृद्ध बनाउनतर्फ दलको ध्यान जानु आवश्यक छ । 

प्रमुख प्रतिपक्षी दल कांग्रेसले संविधान सर्वस्विकार्य हुन नसकेको र राजपा लगायतका दलले संशोधन एउटामात्रै विकल्प भनेका बेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले भने संविधानअनुसार चल्नुबाहेकको अर्को विकल्प नभएको बताएको छ ।

नेकपा संसदीय दलका उपनेतासमेत रहेका सुवासचन्द्र नेम्वाङ्गले भने, ‘प्रतिपक्ष सत्तापक्ष सबै मिलेर एकतावद्ध भएर संविधान कार्यान्वयन गर्ने सिलसिलामा अहिलेको अवस्थासम्म आईपुगेका हौँ । प्राप्त उपलब्धिलाई सबै मिलेर संरक्षण गर्नुपर्छ । हामीले यति धेरै मेहनत गरेर संविधान निर्माण गरेका छौँ त्यसैले अहिले कसैले पनि संविधानभन्दा बाहिर गएर माग सम्बोधन गराउनुपर्ने अबस्था छैन । सबै असन्तुष्टि संविधानमार्फत् नै सम्बोधन हुनसक्छ ।’

असन्तुष्टि सम्बोधन गर्न सरकार समेत तयार रहेको देखिदै आएको छ । संविधान कुनै धर्मग्रन्थ जस्तो नभएको बताउने सरकार र अन्य राजनीतिक दलले समेत आवश्यकताअनुसार संशोधन गर्न सकिने बताउने गरेका छन् ।

यसको मतलव संविधान जारी हुनु नेपालको इतिहासमा ऐतिहासिक रुपमा रहने निश्चित छ । संविधानको व्यवस्थाअनुसारै कतिपय दल तथा क्षेत्रको असन्तुष्टि सम्बोधन गरी संविधानलाई समृद्ध बनाउनतर्फ दलको ध्यान जानुपर्ने कतिपय विश्लेषकको तर्क छ ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ९ : २१ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर