मेरो पहिलो शेयर लगानी जनताको जलविद्युतमा : प्रधानमन्त्री ‌ओली | Khabarhub Khabarhub

मेरो पहिलो शेयर लगानी जनताको जलविद्युतमा : प्रधानमन्त्री ‌ओली


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले हालसम्म कुनै पनि क्षेत्रमा आफ्नो शेयर लगानी नभएको जनाएका छन् । ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले हालसम्म आफ्नो कुनै संस्थामा शेयर नभएको जानकारी दिएका हुन् ।

यद्यपि जनताको जलविद्युत कार्यक्रम अन्तर्गत जलविद्युत आयोजनामा लगानी गर्न भने आफू इच्छुक रहेको प्रधानमन्त्री ओलीले बताए । एक करोड नेपालीले पैसा उठाएर जलविद्युतमा लगानी गरे त्यसबाट अर्बाैँ रकम जम्मा हुने भन्दै उनले त्यसमा आफ्नो पनि लगानी हुने जनाएका हुन् ।

‘मलाई कतिको शेयर हुन्छ न्यूनतम थाहा छैन, न्यूनतम त राख्नै पर्ला, या नै मेरो पहिलो शेयर हुनेछ,’ प्रधानमन्त्री ओलीले भने ।
अहिलेसम्म कतै शेयर छैन ? भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले आफ्नो कहीँ पनि शेयर नभएको र शेयर तथा अरु निजी सम्पत्तिमा आफ्नो लोभ पनि नभएको जवाफ दिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  १० : ११ बजे

भात नै पोखिएपछि माडको के आस ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज