पदोन्नति भएका प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान | Khabarhub Khabarhub

पदोन्नति भएका प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पदोन्नति भएका प्रहरी अधिकृतलाई बुधबार दज्र्यानी चिह्न प्रदान गरिएको छ ।
नेपाल सरकार, गृह मन्त्रालयको फागुन ७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षकमा पदोन्नति भएका ३९ प्रहरी अधिकृतलाई प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दज्यानी चिह्न प्रदान गरेका हुन् ।

दज्र्यानी चिह्न प्राप्त गर्नेमा प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका १३ र प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमा पदोन्नति भएका २६ जना छन् । बढुवा भएका एक जना प्रहरी वरिष्ठ उपरीक्षक हाल संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा कार्यरत रहेकाले उनी आएपछि दज्यानी चिह्न प्रदान गरिने जनाइएको छ ।

प्रहरी महानिरीक्षक खनालले सङ्गठन र सेवाप्रतिको निष्ठा, क्षमता, व्यावसायिकतासहित चुस्तरुपमा सेवा गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए ।
राष्ट्रको सार्वभौमतामाथि असर गर्ने क्रियाकलाप तथा गैरकानूनी गतिविधिविरुद्ध कानूनी कारवाहीमा दृढतापूर्वक लाग्न निर्देशन दिँदै उनले समुदाय प्रहरी साझेदारी कार्यक्रमले स्रोतसाधन परिचालनमा सहजता भएको बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ९ : ३८ बजे

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार