शान्ति सुरक्षा कामय गर्न सरकार क्रियाशीलः मन्त्री थापा | Khabarhub Khabarhub

शान्ति सुरक्षा कामय गर्न सरकार क्रियाशीलः मन्त्री थापा


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले मुलुकको शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको बताएका छन् । राष्ट्रियसभाको शून्य र विशेष समयमा राष्ट्रियसभा सदस्यहरुले उठाएका समसामयिक विषयका बारेमा बुधबार बसेको राष्ट्रियसभाको बैठकमा जानकारी गराउदै उनले शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको बताएका हुन् ।

उनले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नहरुको खोजी भईरहको तथा अपराधी पत्ता लगाउन उदासिनता देखाउने प्रहरीमाथि पनि कारबाही भएको जानकारी गराए । उनले सुन तस्करीको सञ्जाललाई सरकारले ध्वस्त पार्न सफल भएको र सम्बन्धित अपराधीलाई कानूनी कठघरामा ल्याईएको बताए ।

सुन काण्डको सवालमा सुन तस्करीमा संलग्न ठूला माछाहरु मूलभूत रुपमा नियन्त्रणमा आईसकेको भए पनि केही माछाहरु अझै जाल बाहिर रहेको स्वीकार्दै तीनीहरुलाई समात्ने र जालमा ल्याउने प्रक्रिया जारी रहेको बताए ।

गृहमन्त्री थापाले राजनीतिक आन्दोलनमा मृत्युवरण गरेका सर्वसाधरणलाई छिटै शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइएको जानकारी गराए । उनले यातायात क्षेत्रको सिण्डिकेट पनि कानूनी रुपमा अन्त्य भईसकेको भन्दै अन्य क्षेत्रमा देखिएको सिण्डिकेट पनि अन्त्य गर्दै लगिने स्पष्ट पारे । राष्ट्रियसभाको अर्को बैठक आगामी आईतबार २ बजेर ३० बजे बस्नेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ८ : ३२ बजे

अनशनरत व्यक्तिहरूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आयोगकाे आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले तीनै तहका सरकारले समन्वय गरी

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं– पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग 

काठमाडौं– जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न

इजराइलद्वारा पूर्वी रफाहबाट एक लाख मानिसको सुरक्षित स्थानान्तरण

जेरुसेलम– इजराइली सेनाले सोमबार दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ