भिटामिन ‘डी’ र मांसपेशी दुखाईंको सम्बन्ध के ? दुखाईं कम गर्न यसो गर्नोस् | Khabarhub Khabarhub

भिटामिन ‘डी’ र मांसपेशी दुखाईंको सम्बन्ध के ? दुखाईं कम गर्न यसो गर्नोस्


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अहिले मानिसमा शारीरिक वजन वृद्धि, मांसपेशी वा जोर्नीमा दुखाई, बिना कारण कमजोरी वा आलस्यता बढ्नु आम समस्या बनेको छ । थकावट वा अनिन्द्राको कारण निम्तने यस्ता समस्यालाई धेरैजसो मानिसले ख्याल नदिने गरेको पाइन्छ । तर बदलिदो जीवनशैलीका कारण बिहान उठ्ने र बेलुका सुत्ने समयको सही समय नमिलेका कारण यि समस्याहरु निम्तने गर्दछन् ।

आवश्यकताभन्दा बढी खानु वा दिनभर खानाको समय नमिलेर भोको बस्नुसमेत यस्ता समस्याका कारण हुन् ।

यदि तपाईंमा लगातार थकावट, जोर्नीको दुखाई लगायतका समस्या देखिएका छन् भने सावधान हुनु जरुरी छ । यस्ता प्रकारका स्वस्थ्य समस्या शरीरमा भिटामिन ‘डी’को कमिले हुने गर्दछ ।

यदि मांसपेशी वा जोर्नीमालगातार दुखाई छ भने रगतको परीक्षण गरी तपार्इंको शरीरमा भिटामिन डी (विशेषत: डी थ्री)को अवस्था कस्तो छ ? त्यो पहिचान गर्न आवश्यक छ । यदि भिटामिन डी थ्रीको मात्रा आवश्यकताभन्दा कम छ भने यस किसिमका समस्या हुने गर्दछन् ।

सूर्यको किरणलाई भिटामिन ‘डी’को सबैभन्दा बलियो प्राकृतिक स्रोत मानिन्छ । तसर्थ शरीरमा भिटामिन ‘डी’को मात्रा बनाई राख्न एक सातामा ४/५ पटकसम्म सनबाथ अर्थात केहिबेर घाममा उभिनु जरुरी छ ।

बिहान ८ बजेभन्दा पहिले र साँझ ४ बजेपछिको घाममा उभिनु सबैभन्दा उपयुक्त हुन्छ । घाममा उभिदा अनुहारलाई नछोपी हातलाई फैलाएर उभिनु पर्दछ । दैनिक करीब १५ मिनेट घाममा उभिदा शरीरमा कहिल्यै भिटामिन ‘डी’को अभाव हँुदैन ।

यसबाहेक सालमोन, सार्डनिस माछा, अण्डा वा मासुमासमेत प्रचुर मात्रामा भिटामिन ‘डी’ पाइन्छ ।

यदि कोही शाकाहारी छ भने उनीहरुले खानामा सूर्यमुखीको बिऊ, सोयाबिनका उत्पादन, दुग्धजन्य पर्दाथको प्रयोग गरेमासमेत भिटामिन ‘डी’को मात्रा भरपुर रुपमा पाउनेछन् ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ५ : ०७ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र