प्रहरीमाथि गोली हान्ने सहनी नौ वर्षपछि पक्राउ | Khabarhub Khabarhub

प्रहरीमाथि गोली हान्ने सहनी नौ वर्षपछि पक्राउ


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– नौ वर्षअघि सर्लाहीका प्रहरी नायब निरीक्षक लवजंग चौहानमाथि गोली प्रहार गरी फरार एकजनालाई प्रहरीले पक्राउ गरेको छ । तत्कालीन भूमिगत तराई मुक्ति मोर्चाका कार्यकर्ता गरुडा नगरपालिका २ निवासी ४२ वर्षीय राम एकबाल सहनीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

गत २०६७ साल मंसिर १७ गते बेलुकी तत्कालीन भूमिगत तराई मुक्ति मोर्चाका कार्यकर्ताको हतियारधारी समूहले ईलाका प्रहरी कार्यालय हर्कटवा, सर्लाहीका नायब निरीक्षक चौहानमाथि गोली प्रहार गरेको थियो । उक्त घटनामा उनी घाइते भएका थिए ।

चौहानमाथि गोली प्रहार गरी घाइते बनाएर फरार भएकामध्ये सहनीलाई गरुडाको झाझ पुलबाट पक्राउ गरिएको प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए ।

प्रहरी नायब निरीक्षक चौहानको कमाण्डमा गस्तीमा खटिएको टोलीमाथि तत्कालिन भूमिगत मोर्चाका हतियारधारी समूहले आक्रमण गरेको थियो ।

गोली लागेर घाइते भएका चौहानको साथमा रहेको ५४ एम एमको चाईनिज पेस्तोल पनि उनीहरुले लुटेर लगेका थिए । उक्त घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको अवस्थामा हालसम्म विभिन्न समयमा ३ जना पक्राउ परिसकेका छन् ।

घटनामा संलग्न अन्य दुई जना भने फरार रहेका थिए । सहनी पक्राउ परेसँगै अर्का एक जना मात्रै पक्राउ पर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सहनीबिरुद्ध आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ४ : ४६ बजे

यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत

काठमाडौं-  यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान

इङ्ल्याण्डका आठ खेलाडीले आइपिएलका प्लेअफ खेल गुमाउने

काठमाडौं- हाल इन्डियन प्रिमियर लिग (आइपिएल) खेलिरहेका इङ्ल्याण्डका खेलाडी प्लेअफका

रेडियो नेपाल र नेपाल टेलिभिजनसँगै गोरखापत्रलाई पनि एकीकृत गर्न सकिने

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रेडियो नेपाल र

जोखिम न्यूनीकरणका लागि साझा प्रयास आवश्यक : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण

हतियार प्रणालीमा एआई लागू नगर्न बङ्गलादेशको आह्वान

ढाका– बंगलादेशका विदेशमन्त्री हसन महमुदले हतियार प्रणालीमा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)