अमिताभ बच्चनले भने – मेरो ७५ प्रतिशत कलेजो खराब भइसकेको छ | Khabarhub Khabarhub

अमिताभ बच्चनले भने – मेरो ७५ प्रतिशत कलेजो खराब भइसकेको छ


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडमा महानायकको उपाधिबाट कहलिएका अमिताभ बच्चन अझै पनि आफ्नो कर्ममा सक्रिय छन् । उनी टेलिभिजन रियालिटी शो का कारण पनि चर्चामा छन् ।

हालै अमिताभले फ्यानलाई दुःखी तुल्याउने एक जानकारी सार्वजनिक गरेका छन् । देख्दा फिट देखिए पनि उनले आफ्नो कलेजो ७५ प्रतिशत काम नलाग्ने भइसकेको बताएका छन् ।

उमेरले अमिताभ बच्चन ७६ वर्ष पुगिसकेका छन् । उनले एक अन्तर्वार्ताका क्रममा आफ्नो ७५ प्रतिशत कलेजो खराब भइसकेको र २५ प्रतिशतले बाँचेको बताए । ‘मलाई क्षयरोग छ, अरु पनि रोग छन्, रोगबारे थाहा पाउन सके यसको उपचार पनि सम्भव छ ।’

उनले आम मानिसलाई नियमित चेकजाँच गर्न पनि सल्लाह दिए ।

पछिल्लो समय अमिताभ बच्चन ‘कौन बनेगा करोडपति’बाट पर्दामा आएका थिए । साथै पछिल्लो समय उनी अभिनित फिल्म ‘बदला’ ले पनि राम्रो प्रतिक्रिया पाएको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  १२ : २९ बजे

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।