अध्ययनले देखायो- करेन्ट लागे चम्किन्छ दिमाग ! | Khabarhub Khabarhub

अध्ययनले देखायो- करेन्ट लागे चम्किन्छ दिमाग !


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  बिजुलीका नाङ्गा तार देख्दा जो कोही डराउँछन् । तारहरु सर्ट हुँदा आगलागीको जोखिम पनि बढ्ने गर्छ । करेन्ट लागेर मानिसको ज्यान समेत जाने गर्छ ।

तर एक अध्ययनले भने करेन्ट लाग्दा मानिसहरुको दिमाग तेजिलो हुने निष्कर्ष निकालेको छ । विद्युत्को स्वीच अन गर्दा नै मानिसको मस्तिष्कलाई निकै धेरै फाइदा पुग्ने दाबी गरिएको छ । यतिमात्र होइन, यसले सिर्जनशीलता पनि बढाउने गर्छ ।

जर्मनीको फ्रिबर्ग विश्वविद्यालयका शोधार्थी एलिजावेब हर्नस्टिन र उनका सहयोगीहरुले यस सम्बन्धी अध्ययन गरी सो निष्कर्ष निकालेका हुन् । बिजुलीको स्विच अन गर्दा दिमागमा बिजुलीको झट्का पुग्ने, यसरी झट्का लाग्दा वा करेन्ट लाग्दा दिमागको कोशिकालाई सकारात्मक असर पर्ने उनीहरुले बताएका छन् । न्युरोसाइन्टिस्टहरुले पनि यसलाई सकारात्मक रुपमा लिएका छन् ।

ब्रेन स्टिमुलेसन नामको एक पत्रिकामा प्रकाशित शोधका अनुसार यो कुरा केही विद्यार्थीमा टेस्ट पनि गरिएको थियो । र, ती विद्यार्थीको नतिजा राम्रो रहेको उनीहरुले निष्कर्ष निकालेका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ७ : २७ बजे

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा