अख्तियार बाहिर प्रदर्शन गर्ने विवकेशील साझाका कार्यकर्ता पक्राउ | Khabarhub Khabarhub

अख्तियार बाहिर प्रदर्शन गर्ने विवकेशील साझाका कार्यकर्ता पक्राउ


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाहिर प्रदर्शन गर्ने विवकेशील साझा पार्टीका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरूपयोग अनुषन्धान आयोगबाहिर अख्तियारलाई सघाउने र भष्टाचारको विरोध गर्ने उद्देश्यले आयोजना गरेको विरोध प्रदर्शनमा प्रहरी धरपकड भएको भन्दै विवेकशील साझाले आपत्ति जनाएको छ ।

‘अख्तियारस् सानो माछामात्र होइन, ठूलो पनि समाउ’ भन्दै सांकेतिकरूपमा ठूलो माछा बनाएर प्रदर्शन गर्नेहरूमध्ये पार्टीका ३० जनाभन्दा बढी प्रदर्शनकारी गिरफ्तार भएका छन् ।

‘हामी ट्र्याफिक अवरोध गर्दैनौं, लाइनबाट जान्छौं’ भन्दाभन्दै गिरफ्तार गरिएको विवेकशिलका नेताहरुले बताएका छन् । यसरी पक्राउ पर्नेमा पार्टीकी प्रदेश ३ संयोजक समिक्षा बास्कोटा, केन्द्रीय सदस्य मानवी पौडेल, काठमाडौं जिल्ला संयोजक अनुपा श्रेष्ठ र ललितपुरका जिल्ला संयोजक उज्वलकृष्ण श्रेष्ठ रहेको पार्टी संयोजक रवीन्द्र मिश्रले जानकारी दिएका छन् ।

प्रहरी नियन्त्रणमा रहेका कार्यकर्तालाई तत्काल रिहा गर्न विवकेशीलले माग गरेको छ । पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले एक विज्ञप्ति जारी गर्दै शान्तिपुर्ण ढङ्गबाट गरिएको प्रदर्शनसमेत दबाउन खोज्नुले यो सरकार तानाशाही बन्दै गइरहेको पुष्टि भएको बताएका छन् ।

पार्टीका संयोजक रवीन्द्र मिश्रले कार्यक्रमको जानकारीसहित प्रदर्शनीको तस्बिरलाई सामाजिक सञ्जाल ट्वीटरमा राखेका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  २ : ०५ बजे

अर्थ र उर्जामन्त्रीलाई भेटेर मुख्यमन्त्री कँडेलले राखे कर्णालीका छ बुँदे माग

काठमाडौं‍– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री बर्षामान पुन र

राष्ट्र बैंकले टकमरी गर्‍यो ३१ करोड थान सिक्का, नयाँ नोट नौ करोड थान

काठमाडौं – नेपाल राष्ट्र बैंकले मुद्रा व्यवस्थापन अन्तर्गत ३१ करोड

तरलता सहज भएको छ, आर्थिक गतिविधि बिस्तारै बढ्छ : गभर्नर अधिकारी

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु खाता र

एकीकृत समाजवादीले तल्लो तहको सुझाव दस्तावेजमा समावेश गर्ने

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजलाई साझा

‘खुस्मा’को दोस्रो चरणको छायांकन रुकुमको मैकोटबाट सुरु

काठमाडौं– अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य