रणकलाको जीवनमा के होला ? सिक्वेल खोज्नेलाई यस्तो छ ‘बुलबुल’ टिमको जवाफ | Khabarhub Khabarhub

रणकलाको जीवनमा के होला ? सिक्वेल खोज्नेलाई यस्तो छ ‘बुलबुल’ टिमको जवाफ


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको फिल्म ‘बुलबुल’ हेरिसकेका दर्शकको मनमा प्रश्न उठ्छ – यसपछि रणकलाको जीवनमा के होला ? किनकि, यो फिल्मको इन्डिङ परम्परागत फिल्म हेरिरहेका आम दर्शकका लागि अस्वभाविक छ ।

फिल्मका निर्मातामध्येका एक अविरल थापाले भने यो फिल्मको सिक्वेल नबन्ने बताएका छन् । खबरहबसँगको कुराकानीमा थापाले भने, ‘यसको सिक्वेल कुनै हालतमा पनि बन्दैन, यसको कथा पनि मान्छेको जीवनजस्तै हो, रणकलाको जीवन कसरी अगाडि बढ्छ, त्यो दर्शकले अनुमान गर्नुहुन्छ ।’

एक टेम्पो चालक महिलाको कथालाई लिएर बनाइएको यो फिल्मले समीक्षात्मक रुपमा राम्रो तारिफ बटुलेको छ । यद्यपि फिल्मले ‘छक्का पञ्जा’, ‘शत्रु गते’ जस्ता फिल्मले झैँ हलमा दर्शक ल्याउन सकेको छैन ।

‘बुलबुल’को एक दृश्य

निर्माता थापाले अहिले निर्माण भइरहेका मसालेदार फिल्म हेर्ने दर्शकलाई ‘बुलबुल’ को ‘टेस्ट’ मन नपर्न सक्ने लागेकाले आफूहरुले खासै प्रचार नगरेको बताए । ‘अर्गानिक फिल्म हेर्ने दर्शकले फिल्म हेरेर दर्शक झुक्याएको ठान्नुहोला भनेर प्रचार गरेनौँ, हेरेका दर्शकले फिल्म मन परेको सामाजिक सञ्जालमा लेख्नुभएको छ,’ थापाले भने ।

फिल्म कलेजका प्रिन्सिपल समेत रहेका विनोद पौडेलले निर्देशन गरेको यो फिल्ममा स्वस्तिमा खड्का, मुकुन ढकाल, जोयश पाण्डे, लक्ष्मी बर्देवा लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, अनिमेश सापकोटाको सम्पादन सुसान प्रजापतिको छायांकन छ ।

फागुन ३ गतेदेखि प्रदर्शनमा आएको फिल्ममा कथा तथा पटकथा निर्देशक पौडेलकै छ ।

ट्रेलर:

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  १२ : ४४ बजे

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार