उद्धार र राहतको व्यवस्था गर्न ११ राजनीतिक दलको आग्रह | Khabarhub Khabarhub

उद्धार र राहतको व्यवस्था गर्न ११ राजनीतिक दलको आग्रह


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न ११ राजनीतिक दलले विगत केही दिनदेखि भइरहेको अबिरल वर्षा र तत्पश्चातको बाढी तथा पहिरोमा परेकालाई उद्धार र राहतको व्यवस्था गर्न आग्रह गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माले), जनसमाजवादी पार्टी नेपाल, नेपाल समाजवादी काङ्ग्रेस, नेपाली काङ्ग्रेस (विपी) र जनमोर्चा पार्टीलगायतका दलले आज संयुक्त पत्रकार सम्मेलन गरी बाढी र पहिरोपछि सरकारले सरकारी संरचनालाई सही ढङ्गबाट परिचालन गर्न नसकेको भन्दै तदारुकताका साथ राहत र उद्धारकार्यमा लाग्न आग्रह गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सिपी मैनालीले नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र सार्वभौमिकतामाथि हुने कुनै पनि अवरोध र हस्तक्षेपलाई दृढताका साथ विरोध गर्नुपर्नेमा जोड दिनुभयो । ती पार्टीहरुले मुलुकमा व्याप्त भ्रष्टाचार, महङ्गी, असुरक्षा, महिला हिंसाको अन्त्य गर्नुपर्नेसमेत माग गरेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ६ : ४९ बजे

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।

अतिक्रमित जमिन खाली गराइने

बाँके– लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको

चोरले एक तोला सुन निलेपछि…

पाँचथर– पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन

इंग्ल्याण्ड ‘सी’विरुद्ध नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं– नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल खेल आज