टिपरसँग स्कुटर ठोक्किँदा १ जनाको मृत्यु | Khabarhub Khabarhub

टिपरसँग स्कुटर ठोक्किँदा १ जनाको मृत्यु


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिका–२७ स्थित सडकमा रोकी राखेको ना३ख ७५६१ नंको टिपर पछाडि बा९२प ६५६५ नंको स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

शनिवार भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका स्कुटर चालक बूढानीलकण्ठ बस्ने ३५ वर्षीय सञ्जय ठकुरीको नेपाल नेशनल अस्पताल कलङ्कीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएका स्कुटरमा सवार कलङ्की बस्ने ३० वर्षीय विशाल लुइँटेलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टिपर चालकलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जानकारी दिएको छ ।

यसैबीच काठमाडौँ महानगरपालिका–२४ मख्खन गल्ली बस्ने सन्तोष रौनियारको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगदसहित करीब रु १९ लाख १० हजार बराबरको धनमाल गए राति चोरी भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ६ : २४ बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश