‘ग्लोबल टी–२० क्यानडा’ - सन्दीपसँगै सोमपाल पनि खेल्ने | Khabarhub Khabarhub

‘ग्लोबल टी–२० क्यानडा’ – सन्दीपसँगै सोमपाल पनि खेल्ने


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘ग्लोबल टी–२० क्यानडा’ लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने र सोमपाल कामी छनोट भएका छन् । बिहीबार भएको ड्राफ्टमा सन्दीप एसोसियट राउण्डबाट पहिलो चरणमै छनोट भएका थिए । मनोनयनमा परेका लामिछानेलाई टोरन्टो नेसनलले आफ्नो टिममा आवद्ध गरेको छ । यस्तै तीव्र गतिका बलर सोमपाल कामीलाई विनिपेग हक्सले टिममा अनुबन्ध गरेको छ ।

यो खेलबापत सन्दीपले ६० हजार अमेरिकी डलर पाउनेछन् । ड्राफ्टमा रहेका सोमपाललाई हक्सले न्युनतम ३ हजार अमेरीकी डलरमा अनुबन्ध गरेको हो ।

सोमपाल कामी नेपालबाट क्यानडा लिग खेल्ने सन्दीपपछि दोस्रो खेलाडी बनेका छन् ।

स्पिनर लामिछानेको टोलीमा भारतीय टिमका पुर्वक्रिकेटर युवराज सिंह समेत छन् । ग्लोबल टी-२० क्यानडा लिग आगामी जुलाई २५ देखि अगष्ट ११ सम्म चल्नेछ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  १० : ५२ बजे

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी