इरानले अमेरिकी ड्रोन खसालेपछि बाक युद्ध चर्कियो | Khabarhub Khabarhub

इरानले अमेरिकी ड्रोन खसालेपछि बाक युद्ध चर्कियो


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुबई– इरानले अमेरिकी सैनिक ड्रोन खसालेपछि अमेरिका र इरानबीच बाकयुद्ध चर्किएको छ ।

अमेरिकाले अन्तर्राष्ट्रिय आकाशमा उडिरहेको आफ्नो नौसेनाको ड्रोन बिनाकारण खसालेको आरोप लगाएको छ भने इरानले आफ्नो जलक्षेत्रमाथिको आकाशमा उडिरहेको अमेरिकी जासुसी चालकरहित विमान खसालेको दाबी गरेको छ । इरानले अमेरिकाले युद्ध नै चाहेको हो भने आफ्ना सैनिक तयारी अवस्थामा रहेको चेतवानी समेत दिएको छ ।

इरानले आफ्नो मुलुकको होर्मुजगान प्रान्तको जलक्षेत्रमाथिको आकाशमा उडिरहेको अमेरिकी ‘आरक्यू–४ ग्लोबल हक’ नामक ड्रोन स्थानीयस्तरमा उत्पादित ‘३ कोहार्द’ नामक क्षेप्यास्त्रद्वारा खसालिएको दाबी गरेको छ । अर्को तर्फ अमेरिकाले भने अन्तर्राष्ट्रिय आकाशमा उडान भरेको अमेरिकी नौसेनाको ‘एमक्यू–४जी ट्राइटन’ नामक ड्रोन खसालिएको जनाएको छ ।

अमेरिकाले बिनाकारण उक्त आक्रमण गरिएको दाबी गरेको छ । इरानले उक्त ड्रोनले आफ्नो हवाई क्षेत्रको उल्लङ्घन गरेको र यस्तो कदम असह्य रहेको चेतावनी समेत दिएको छ ।

केही समयअघिमात्र त्यस क्षेत्रमा तेल बोकेका दुई ट्यांकरमा आक्रमण भएपछि मध्यपूर्वमा तनाव चर्किरहेको छ । अमेरिका र साउदी अरबसहित अन्य खाडीका मुलुकले उक्त आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाउँदै आएका छन् भने इरानले उक्त आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ९ : १८ बजे

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ