विकास बोर्डले १० चलचित्रकर्मीलाई सम्मान गर्ने « Khabarhub

विकास बोर्डले १० चलचित्रकर्मीलाई सम्मान गर्ने


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डले १९ औँ वार्षिकोत्सवको अवसर पारेर नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्‍याएका १० जना चलचित्रकर्मीलाई सम्मान गर्ने घोषणा गरेको छ । बोर्डले बुधवार एक विज्ञप्ति जारी गर्दै चलचित्र क्षेत्रमा विशेष योगदान पुर्‍याएका १० चलचित्रकर्मीलाई आउँदो असार १६ गते सम्मान गर्ने जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘स्थापनाकालदेखि अहिलेसम्म विभिन्न क्षेत्रमा योगदान पु–याएका १० जना चलचित्रकर्मीलाई ‘चलचित्रकर्मी विशेष योगदान सम्मान–२०७६’ बाट सम्मानित गरिने भएको छ ।’

यस्तो सम्मानले चलचित्र क्षेत्रमा योगदान पु–याएका चलचित्रकर्मीलाई प्रोत्साहन मिल्ने बोर्डको विश्वास छ । तर को को कलाकारलाई सम्मान गर्ने भन्ने अझै टुङ्गो लागेको छैन । बोर्डले विकास बोर्डका सदस्या श्री दयाराम दाहालको संयोजकत्वमा सम्मानका लागि चलचित्रकर्मी चयन कार्य शुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ३ : ५० बजे

कृषि कार्यालयद्वारा जुम्लामा गहुँ चुट्ने र जोत्ने मेसिन वितरण 

जुम्ला– कृषि विकास कार्यालय जुम्लाले महिलाको कार्यबोझ घटाउन यान्त्रिक करण

मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो

फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा अहिले एउटा फोटो भाइरल भैरहेको

चितवनमा ४ सय ११ जनाले बुझाए  निर्वाचन खर्च विवरण

चितवन- स्थानीय तहको निर्वाचन सकिएको एक महिना बितिसक्दा पनि जिल्लामा

हातले लोभ्यायो पर्यटक, तस्वीर खिचाउनेको भीड

मंगलबारे– पर्यटक तान्न वा अवलोकनका लागि खासै नयाँ कुरा चाहिँदैन

इरानमा कार दुर्घटना हुँदा १० जनाको मृत्यु

तेहरान- इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा भएको कार दुर्घटनामा