विकास बोर्डले १० चलचित्रकर्मीलाई सम्मान गर्ने | Khabarhub Khabarhub

विकास बोर्डले १० चलचित्रकर्मीलाई सम्मान गर्ने


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डले १९ औँ वार्षिकोत्सवको अवसर पारेर नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्‍याएका १० जना चलचित्रकर्मीलाई सम्मान गर्ने घोषणा गरेको छ । बोर्डले बुधवार एक विज्ञप्ति जारी गर्दै चलचित्र क्षेत्रमा विशेष योगदान पुर्‍याएका १० चलचित्रकर्मीलाई आउँदो असार १६ गते सम्मान गर्ने जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘स्थापनाकालदेखि अहिलेसम्म विभिन्न क्षेत्रमा योगदान पु–याएका १० जना चलचित्रकर्मीलाई ‘चलचित्रकर्मी विशेष योगदान सम्मान–२०७६’ बाट सम्मानित गरिने भएको छ ।’

यस्तो सम्मानले चलचित्र क्षेत्रमा योगदान पु–याएका चलचित्रकर्मीलाई प्रोत्साहन मिल्ने बोर्डको विश्वास छ । तर को को कलाकारलाई सम्मान गर्ने भन्ने अझै टुङ्गो लागेको छैन । बोर्डले विकास बोर्डका सदस्या श्री दयाराम दाहालको संयोजकत्वमा सम्मानका लागि चलचित्रकर्मी चयन कार्य शुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ३ : ५० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन