गुठी विधेयकमा नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री राजीनामा दिन तयार हुनुपर्छ– गच्छदार | Khabarhub Khabarhub

गुठी विधेयकमा नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री राजीनामा दिन तयार हुनुपर्छ– गच्छदार


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाबाट फिर्ता लिइएको विवादित गुठी विधेयकको सम्बन्धमा नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजनीतिमा दिनुपर्ने विषय उठेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलका उपनेता बिजयकुमार गच्छदारले विधेयकका सम्बन्धमा नैतिक जिम्मेवारी लिएर प्रधानमन्त्रीले पदबाट राजनीमा दिन तयार हुनुपर्ने बताएका हुन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गच्छदारले भने, ‘भर्खरै ल्याएको विधेयक फिर्ता लियो । विधेयक ल्याउनुभन्दा अगाडि सरकारले यसबारेमा गृहकार्य गर्नुपथ्र्यो कि पर्दैनथ्यो ? यति सजिलै संग भन्दिने ? गुठी विधेयक ल्यायो । मनोमानी ढंगले अनि फिर्ता गर्‍यो । फिर्ता गर्नु बहादुरी होइन,’ गच्छदारले भने, ‘सरकारको कार्यकारी प्रमुखको नाताले गल्ती विधेयक ल्याएर, संविधान विरोधी विधेयक ल्याएर प्रधानमन्त्रीले गल्ती गर्नुभएको छ । उहाँले नैतिक रुपले जिम्मा लिनुपर्छ । राजीनामा पनि दिन तयार हुनुपर्छ । म राजीनामा त्यसै माग्दिन दुई तिहाई बहुमतको सरकार छ ।’

सरकारले धेरै विधेयकहरु संविधानको मर्म र भावना विपरित ल्याउने काम गरिरहेको पनि गच्छदारले आरोप लगाए ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर गर्ने अधिकार कसैलाई नभएको उल्लेख गर्दै गच्छदारले भने, ‘यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर गर्ने कसलाई अधिकार दिएको छ ? कुन जनताले अधिकार दिएको छ ? कुन संविधानले प्रधानमन्त्रीलाई अधिकार दिएको छ ? तपाई संविधान विरोधी विधेयक ल्याउनुहोस् । कानुन ल्याउनुहोस् र संविधानको मुल्य र मान्यतालाई प्रहार गर्नुहोस् । हनन गर्नुहोस् । कसले अधिकार दिएको छ ? प्रधानमन्त्री स्वेच्छाचारी हुन सक्दैन ।’

मुलुकमा सर्वसत्तावाद र अधिनायकवाद लाद्नका लागि प्रधानमन्त्रीले सबै संयन्त्रलाई आफु मातहत राख्न खोजेको पनि गच्छदारको आरोप थियो । ‘कस्तो अधिकार प्रधानामन्त्री ज्यूलाई चाहिएको छ ? के अधिकार चाहिएको प्रधानमन्त्री जीलाई ? म उहाँको इन्टेन्सनमाथि प्रश्न खडा गर्न चाहन्छु,’ गच्छदारले भने ।

गच्छदारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि छुट्याइएको ४ अर्ब ६५ करोड ६८ लाख रुपैयाँमा १ सय रुपैयाँ कटौती गर्न प्रस्ताव गरे ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  २ : ४९ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल