‘गुठी विधेयक फिर्ता लिएर भूमिहीन किसानको गास–बास खोस्ने काम भयो’ | Khabarhub Khabarhub

‘गुठी विधेयक फिर्ता लिएर भूमिहीन किसानको गास–बास खोस्ने काम भयो’


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेकपाका सांसद गंगा चौधरीले गुठीसम्बन्धी कानूनहरु एकीकरण गर्न बनेको विधेयक फिर्ता लिएर भूमिहीन किसानको गास–बास खोस्ने काम भएको बताएकी छन् ।

सरकारले गुठीहरुलाई व्यवस्थित र एकीकृत गर्न विधेयक ल्याउँदा खुसी भएका भूमिहीन किसानहरु विधेयक फिर्ता लिइएपछि निराश बनेको पनि चौधरीको भनाइ छ ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयकको विषयमा भ्रामक प्रचार गरेको पनि बताए ।

‘सामन्तवादी सोच भएका र खास गरेर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले दुखीहरुको मुहारमा खुसी देख्न सकेन, गुठी विधेयकको बारेमा भ्रामक प्रचार गरेर चौतर्फी विरोध गर्न लगाएर गरिब भुमिहिन किसानहरुको छोरा छोरीको गाँसबास खोस्न प्रयास गरि विधेयक फिर्ता गर्न खेल खेल्यो,’ चौधरीले भने ।

गुठी विधेयक फिर्ताले गुठीपीडीत किसानहरुको भावनामा ठूलो चोट पुगेको पनि सांसद चौधरीको भनाइ छ । ‘गुठी विधेयक फिर्ताले गुठीपीडीत किसानहरुको भावनामा ठूलो ठेस पुगेको छ,’ चौधरीले भनिन् ।

धर्म र संस्कृतिको नाममा अहिले पनि सामन्त र मालिकहरुबाट नै राज्यसत्ता सञ्चालन भइरहेको पनि चौधरीले आरोप लगाइन् ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  १ : ४२ बजे

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण