विश्वकप क्रिकेट : अस्ट्रेलियासँग अंक खोस्ने लक्ष्यमा बंगलादेश | Khabarhub Khabarhub

विश्वकप क्रिकेट : अस्ट्रेलियासँग अंक खोस्ने लक्ष्यमा बंगलादेश


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्ग्ल्यानन्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बिहीबार) अस्ट्रेलिया र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् ।

नोटिङघमस्थित ट्रेन्ट ब्रिज क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । अंक तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको अस्ट्रेलिया बंगलादेशमाथि जित निकाल्दै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा रहेको छ । यस्तै, ५ खेलबाट समान ५ अंक नै जोड्न सकेको बंगलादेश अस्ट्रेलियासँग अंक खोस्ने दाउमा रहेको छ ।

अस्ट्रेलियाले अहिलेसम्म भारतसँग बाहेक सबै टोलीमाथि सहज जित हात पारेको छ भने अस्टेलियाका लागि ब्याट्सम्यान डेभिड वार्नर, स्टेभ स्मिथ र कप्तान आरोन फिन्चले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

यस्तै, बंगलादेशले यसअघिको वेष्ट इन्डिजविरुद्धको खेलमा जित हात पार्दा शाहब अल हशन र लिटोन दासले उत्कृष्ट ब्याटिङ गरेका थिए । शाहबले जारी विश्व्कपमा २ शतक प्रहार गरीसकेका छन् भने उनीबाट अस्ट्रेलियाविरुद्ध पनि राम्रो ब्याटिङको अपेक्षा गरीएको छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ११ : ५८ बजे

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै