मेस्सीको गोलमा हारबाट जोगियो अर्जेन्टिना | Khabarhub Khabarhub

मेस्सीको गोलमा हारबाट जोगियो अर्जेन्टिना


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोपा अमेरिका अन्तर्गतको आफ्नो दोस्रो खेलमा अर्जेन्टिनाले पाराग्वेसँग अंक बाडेको छ । ब्राजिलमा बिहीबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेसँग १–१ को बराबरी खेलेको हो ।

१–० ले पछि परेको अर्जेन्टिनालाई हारबाट जोगाउन कप्तान लियोनल मेस्सीले पेनाल्टीमार्फत गरेको गोल निर्णाक बन्यो । खेलको ५७ औं मिनेटमा पाराग्वेका खेलाडीले अर्जेन्टिनाका खेलाडीमाथि फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो ।

उक्त पेनाल्टी बललाई कप्तान मेस्सीले पाराग्वेको गोल पोष्ट चुमाएपछि अर्जेन्टिनाले १–१ गोलको बराबरी गरेको थियो ।

त्यसअघि अर्जेन्टिनाविरुद्ध पाराग्वेका रिचार्ड साञ्चेजले ३७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

विश्वका उत्कृष्ट खेलाडी लियोनल मेस्सी, एन्जल डि मारिया र सर्जियो अग्युरो लगायत टोलीमा रहँदा पनि अर्जेन्टिनाले कोपा अमेरिकामा अपेक्षित नतिजा हात पार्न सकेको छैन ।

यसअघि पहिलो खेलमा अर्जेन्टिना कोलम्बियासँग २–० ले पराजित भएको थियो ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ११ : १९ बजे

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा