आजको मौसम : सामान्य बदली, हल्का वर्षाको सम्भावना | Khabarhub Khabarhub

आजको मौसम : सामान्य बदली, हल्का वर्षाको सम्भावना


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अहिले देशभरको मौसम सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर मौसम सफा रहनेछ । यद्यपी सामान्य बदली भइ केहि ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको ३ दिने मौसमको अवस्था यस्तो छ :

असार ५ गते (बिहीबार)
दिउँसो: देशभर सामान्यतया वदली रही पूर्व र मध्यका केही र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षासहित मेघगर्जन हुने सम्भावना छ ।

राति: देशको पूर्वी तथा मध्य क्षेत्रको साथै पश्चिमी पहाडी भूभागमा सामान्यतया वदली रही बाँकि भूभागमा आंशिक वदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

असार ६ गते (शुक्रवार)
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

राति: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

असार ७ गते (शनिबार)
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

राति: देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ८ : ३४ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको